ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको विमान दुर्घटनामा मृत्यु
२० कार्तिक २०७८, शनिबार ११:३४
काठमाडौं । ब्राजिलकी चर्चित गायिका २६ वर्षीया मारिलिय मेन्डोन्काको विमान दुर्घटनामा मृत्यु भएको छ । एक कन्सर्टमा जाने क्रममा भएको विमान दुर्घटनामा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी सवार जहाज ब्राजिलको मिनास गेरिस राज्यमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा गायिका मारिलिय मेन्डोन्काका आफन्तसहित ४ जनाको मृत्यु भएको छ । गायिका मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया