लक्ष्मी नारायण मन्दिरमा अष्टयाम कार्यक्रम सम्पन्न
१९ कार्तिक २०७८, शुक्रबार १८:२१
अष्टयाम कार्यक्रम सम्पन्न सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर – ०२ को लक्ष्मी नारायण मन्दिरमा हिजो कार्ती १८ गते विहिबार सुरु भएको २४ घण्टे अष्टयाम शुक्रबार सम्पन्न भएको छ । मन्दिरमा तिहारको लक्ष्मी पुजालाई लक्षीत गरेर मन्दिर सञ्चालन गरेको अष्टयाम सम्पन्न भएको भएको छ । कार्यक्रमको उदघोषक रघुनन्दन मेहताका अनुसार वीहिबार दिउँसो ४ः०० बजेबाट अष्टयाम तथा होम यज्ञ कार्यक्रम शुरु भएको र शुक्रबार साझ प्रसाद वितरण गर्दै सम्पन्न भएको छ । कार्यक्रममा इनरुवाका हिन्दु समुदायको उल्लेखनीय सहभागीता रहनुका साथै सहभागीहरु खुशीले मन मग्न थियोे । समापन कार्यक्रममा नेपाल यादव सेवा समितिका अध्यक्ष तथा मन्दिर निर्माण समितिका अध्यक्ष भुवनेश्वर यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजय सिंह थापा सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हिन्दु स्वयम सेवक संघका मनोज कुमार यादव, राजकुमार मेहता, धर्मविर आर्य, अभिनन्द यादव, वैश्य समाजका दिलिप साह, राष्टसेवक मनोज मेहता, भजनलाल मेहता, जसपाका उपाध्यक्ष रघुनाथ मेहता सहितको सयौंको सहभागिता रहेको थियो । नगर शान्ती र मानव कल्याणका लागि अष्टयाम कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएको छ । स्थानीय संजय यादवका अनुसार मन्दिरमा उद्घाटन नभएपनि वार्षिक रुपमा कार्यक्रमहरु हुदै आएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया