नेपालमा भाइटीकाको साइत ११ बजेर २ मिनेटमा, कुन देशमा कति बजे ?(सूचिसहित) – Nagarikabhiyan : National News

नेपालमा भाइटीकाको साइत ११ बजेर २ मिनेटमा, कुन देशमा कति बजे ?(सूचिसहित)

काठमाडौँ । यस वर्षको भाइटीका भोलि २० गते शनिबारका दिन परेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन पनि हो ।

नेपाल पंचाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । शुभसाइतमा टीका लगाउनु शुभ हुने विश्वास गरिन्छ । यद्यपि शुभ साइतबाहेक दिनभरि नै टीका लगाउन सकिने समितिले बताएको छ ।

साथै नेपालबाहिर विभिन्न देशमा बसेका नेपालीहरुले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण समेत गरिएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै विदेशका लागि भाइटीकाको साइत सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूचि