‘ओली सरकारलाई धिकार्दै’ नेकपाका यी हिम्मतवाली उप-मेयरले दिईन् राजीनामा, जनतासँग मागिन् माफी ! – Nagarikabhiyan : National News

‘ओली सरकारलाई धिकार्दै’ नेकपाका यी हिम्मतवाली उप-मेयरले दिईन् राजीनामा, जनतासँग मागिन् माफी !

उदयपुर । ओली सरकारलाई धिकार्दै वेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्।

नेकपाका हिम्मतवाली उप-मेयर चौधरीले जनतासँग माफी माग्दै राजीनामा दिने घोषणा गरेकी हुन् । उनलेले नगरपालिकामा सामग्री खरिद प्रक्रियादेखि अन्य कुरामा अनियमितता हुने गरेको र आफूले त्यसबारे पटकरपटक कुरा उठाउँदा पनि त्यसको कार्यान्वयन नभएको भन्दै आफू पदमा बस्नुको औचित्य नरहेको बताइन्।

उनले पदबाट राजीनामा दिने कुरा आफ्नो फेसबुकमार्फत् जानकारी दिएकी थिइन्। ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु। जनतासँग माफी मान्न चाहन्छु। कालो कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ दुईतिहाइ सरकार’ उनले फेसबुकमा लेखेकी छिन्।

उनले पार्टीमा आफ्नो राजीनामाबारे छलफल चलिरहेको भन्दै त्यसको निर्णयपश्चात् थप कदम लिने जनाइन्। ‘मैले राजीनामाको घोषणा गरेको हो। म तत्काल लिखित दिन पनि तयार छु। अब पार्टीले कस्तो निर्देशन दिन्छ। तर नगरमा कार्यसञ्चालनमा देखिएको हिलोहरू सफा भएन भने म आफैं पन्छिन्छु। म जनतासँग माफी माग्न चाहन्छु’ उनले भनिन्। चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उपमेयर पदमा निर्वाचित भएकी थिइन्। नेपालपानाबाट