देशमा थप १४७ जनामा देखियो कोरोना भाइरस संक्रमण – Nagarikabhiyan : National News

देशमा थप १४७ जनामा देखियो कोरोना भाइरस संक्रमण

काठमाडौँ । देशमा थप १४७ जनामा कोरोना भाइरस देखिएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा आज थपिएका बिरामीसँगै नेपालमा कोभिड-१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ ।

नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जोनमा ५३० रहेका छन् ।