प्रतिनिधिसभा बैठक सुरु, एमालेबाट नाराबाजी – Nagarikabhiyan : National News

प्रतिनिधिसभा बैठक सुरु, एमालेबाट नाराबाजी

कठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दशै विदापछि आज पहिलोपटक बसेको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरुद्ध पारेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।