भीमबहादुर विकको हत्याको विरोधमा सडकमा उत्रिए डा. बाबुराम भट्टराई
११ कार्तिक २०७८, बिहीबार १३:५६
काठमाडौं । चितवनका ५८ वर्षीय भीमबहादुर विश्वकर्माको जातीय छुवाछुत गर्दै हत्या गरिएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सडकमा निस्किएका छन् ।
बिहीबार मध्यान्ह जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष भट्टराईसहितका नेताहरु विश्वकर्मालाई जातीय विभेद गरि मारिएको भन्दै त्यसको विरोधमा सडकमा निस्किएका हुन्।
विश्वकर्माका हत्यारालाई कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेदविरुद्ध खबरदारी गर्दै डा। भट्टराईसहित सडकमा निस्किएर विरोध प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलमा भएको विरोध जुलुस तथा कोणसभामा काठमाडौं, भक्तपुर र ललितपुरस्थित समाजवादी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरु सहभागी छन्।
विश्वकर्माको मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा हत्या भएको दाबी दलित अभियन्ता र केही राजनीतिक दलले गरिरहेका छन्।
तर उनकै परिवारका सदस्यले भीमबहादुरको कुटपिटबाट मृत्य भए पनि जातीय छुवाछुत र मन्दिर प्रवेशको विषय अफवाह मात्रै भएको बताउँदै आएका छन्। भरतपुर महानगरपालिका–४ निवासी विश्वकर्माको दसैंको महानवमीको दिन स्थानीय छिमेकीले मुक्का हान्दा ढलेर ज्यान गएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया