नागरिक अभियानको प्रथम बार्षिक उत्सव समपन्न
९ कार्तिक २०७८, मंगलवार १८:११
सुनसरीको ग्रामिण क्षेत्रको पहिलो अनलाईन नागरिक अभियान डटकमको प्रथम वार्षिक उत्सव कार्यक्रम देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा समपन्न भएको छ । देवानगञ्जमा प्रधान कार्यालय रहेका नागरिक अभियान डटकमको उद्घाटन २०७७ सालमा दर्ता भई सोही वर्ष कार्तिक ९ गते आफ्नो अनलाईन औपचारिक रुपमा सुरु गरेका थियो ।
अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा.लि. द्वारा सञ्चालित नागरिक अभियान डटकमको केन्द्रीय कार्यालय देवानगंज–२ सुनसरी प्रदेश–१ मा रहेको छ भने कर्पोरेट अफिस सुबिधा नगर– काठमाडौं, शाखा कार्यालय विराटनगर,मोरङ र इनरुवामा समेत रहेको छ । प्रालिको कम्पनी दर्ता नं.– २४१५०८÷०७७ ÷०७८ र सूचना बिभाग दर्ता नं.–२०६२ ÷०७७ ÷०७८ रहेको छ । नागरिक अभियान डटकमले मंगलबार एक वर्ष पुरा गरि दोस्रो वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा सांस्कृति कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको छ ।
नागरिक अभियान डटकमकोे प्रकाशन तथा प्रसारणमा, शिक्षा, स्वास्थ्य, सूचना, समाचार र मनोरज्नले कोभरेज एरियामा आफ्नो छुट्टै विशेषता बोकेको सम्पादक जयकृष्ण यादवले बताउनुभयो । यादवले स्वगत मन्त्वय राख्दै बहुभाषिक अभ्यास सहित आबाज विहिनको आबाज र सावाल उठान गर्दै नागरिकको सूचनामा पहुच, समाचार, सन्देश र शिक्षा सहित मनोरञ्जन प्रदान गर्ने काम गरेको बताउनुभयो ।
यादवले समुदाय स्तरबाट कमर्ठ युवा विवेक मेहताको एकल प्रयासमा सीमावर्ती एउटा गाउँमा संचार माध्यम खोलेर देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि नागरिक अभियान डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको पहिलो वर्ष पुरा गरेकोमा बधाई दिनुभयो ।
सोहि अवसरमा आज अनलाईनले एक वर्ष पुरा गरि दुई वर्षमा प्रवेश गरेको भन्दै वार्षिक उत्सव मनाएको यादवले बताउनुभयो । वार्षिक उत्सवको अवसरमा देश विदेशमा रहेका पाठक वर्ग तथा दर्शक र स्रोतले अनलाईनको सफलता प्रती शुभकामना दिदै आगामी दिनमा अझ व्यापक ढङ्गबाट सत्य तथ्य सहितको समाचार सम्प्रेषण गर्न सल्लाह सुझाव सहित सबै पाठक वर्गले सहि समयमा ताजा समाचार र अन्य विभिद् कुराहरु पढ्न पाउँ भन्दै शुभेच्छा पनि प्रकट गरेका छन् । वार्षिक उत्सवको अवसरमा अनलाईनका अध्यक्ष विवेक मेहताले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अनलाईनको लागि समाचार संम्प्रेषण गर्न अहोरात्र रुपमा खटिएका आफ्ना सम्पादक तथा सम्वाददाताहरुलाई विशेष धन्यवाद दिनुभएको छ ।
मेहताले एकसत्ता अघि आएको बाढीबाट भएको लाखौंको धनजनको क्षतीले आफु एकदमै मर्माहित भएको र बाढीपहिरोमा परि मृत्यु हुनेहरु प्रती हार्दिक श्रद्वन्जली अर्पण गर्नुभयो । साथै बाढीपिडितहरुलाई सबै तहबाट सहयोग गर्न अपिल पनी गर्नुभएको छ । साथै उहाँले आज बार्षिक उत्सवको अवसरमा अनलाईनको समिक्षा पनि गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा भएको त्रुटीलाई सच्याउदै ,आएको प्राप्त सल्लाह सुझावकै आधारमा अनलाईनलाई अगाडी बढाउने कुरामा जोड दिदै दिपावली तथा छठको अवसरमा सम्पुर्णलाई शुभकामना समेत दिनुभयो ।
यसैबीच नेकपा माओवादी केन्द्र सुनसरीका संयोजक योगेन्द्र मण्डलले सम्पाकलाई फोनमा खोजमुलक तथ्यगत र वास्तविक घटनालाई छिटो र छरितो रुपमा प्रकाशनमा ल्याउदैं आएको यस अनलाईनले आज प्रथम वार्षिक उत्सव मनाइरहँदा निकैनै खुसी लागेको प्रतिकृया दिनुभएको छ ।
मण्डलले देवानगञ्जबाट संचालनमा आएको यस संचार माध्ययमले १ नम्वर प्रदेशमानै राम्रो प्रभाव पार्न सफल भएको बताउनुभएको छ । देश तथा विदेशका समाचारहरुलाई स्थान दिदैं धेरैको मन जित्न सफल भएको यस अनलाईनको अझैं धेरै प्रगती र उन्नतीको हार्दिक शुभकामना व्यक्त गर्न पाँउदा निकैनै शुसी महसुस भएको बताउनुभएको छ ।
वार्षिक उत्सवको अवसरमा यस अनलाईनको सम्पादक संवाददाता साथै सम्पुर्ण नागरिक अभियान परिवारलाई नै नयाँ हौसला मिलोस भन्ने कामना गर्न चाहान्छु भन्नुभयो । देश , समाज र मानव समुदायको प्रगती विकास र समृद्धिको पक्षमा कलम चलाउँदै हाल समाजमा फस्टाईरहेका कु संस्कार र भ्रष्टाचारको बिरुद्ध आवाज उठाउन प्रेरणा मिलोस भन्ने कामना पनि गर्नुभएको छ ।
यसैगरी देश जनाता, स्रोता, दर्शक र पाठकहरुको मन जित्दै सत्य तथ्य र छिटो छरीतो समाचार प्रकाशनमा हौसला मिल्दै जाओस हार्दिक शुभकामना दिनुभएको छ ।

कार्यक्रममा संघीय संसद सिताराम मेहताले पनि विकास र सुशासन प्रति खवरदारी गर्दै आएको अनलाईनको सफलताको शुभकामना दिनुभयो ।
वार्षिक उत्सव कार्यक्रममा युवा संघका केन्द्रिय सचिव देवनन्द मेहता, जनता समाजवादी पार्टीका बेचन मेहता, नेकपा एमालेका रविन्द्र यादव सहितको विभिन्न दलका नेताहरु, युवाहरु, संस्थाका प्रतिनिधिहरु , सवसधारण, शिक्षाका सरोकारबालाहरुको पनि उपस्थिती रहेको थियो । त्यसैगरी प्रमुख अतिथीमा सुनसरी क्षेत्र नम्बर २ का व्यवस्थपिका सासद सिताराम मेहता र विशिष्ट अतिथीमा देवानगञ्ज गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरका उपप्रध्यापक तथा ग्रिल्याण्ड कलेजका डाइरेक्टर शिवनारायण यादव,नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहता, रेडियो नेपाल प्रदेश न. २ का कार्यक्रम संचालक अनुस मेहता, नागरिक एफ. एम.का संचालक अरविन्द मेहता, गोल्डेन अस्पताल प्रालिका संचालक सन्तोष मेहता, जनता माविका प्रधानाध्यापक राजकुमार मेहता सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया