रासायनिक कारखानामा विष्फोट हुँदा चीनमा चार जनाको मृत्यु
६ कार्तिक २०७८, शनिबार १५:३८
एजेन्सी । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका भएको विष्फोटमा परी अन्य तीन जना घाइते भएको समाचारहरमा उल्लेख छ ।
उक्त विष्फोट राति ११ बजे भएको थियो । अल्क्सा लिग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।
फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणमा लिएका छन् । आगलागीपछि कम्पनीले उत्पादन रोकेको छ । दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया