आज थप २७२ जनामा कोरोना संक्रमण पुष्टी, ८ जनाको मृत्यु
२९ आश्विन २०७८, शुक्रबार १७:०९
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमण (कोभिड–१९) बाट थप ८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ नमूनाको परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये २ हजार ९२ नमूनाको पीसीआर र २६ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । यस्तै, शुक्रबार थप ७७७ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ । जसमध्ये ३०७ जनाको आइसीयूमा र १०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया