बबियाको यौन र अपरहण काण्डदेखी आत्महत्या र आगजनीसम्म
२७ आश्विन २०७८, बुधबार १६:१४
पृष्टभुमी
उमेर पुगेका केटाकेटीले कानुन अनुसार विवाह गर्न पाउने अधिकार नै छ । तर उमेर नपुगी विवाह गर्ने गराउने , अपरहण गर्ने, जबरजस्ती विवाह गर्ने, गराउने कानुनी अपराध हो । त्यसैले उमेर नपुगी विवाह गर्ने र १८ वर्ष मुनीका बालबालिकासंग सहमतीमा पनि यौन सम्बन्ध राख्नु अपराध हो । यसो गरे बलात्कार मुद्धामा कानुनी कार्वाही हुन्छ । फेरी केटालाई मात्रै कार्वाही कीन भन्ने प्रश्नमा महिलामैत्री कानुन छ र महिला सम्बन्धी अन्तराष्टिय सन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेर पक्ष राष्ट भएकोले महिलाको अधिकार सुनिश्चित गरिएको छ । अपवादमा वा साच्चै केटीले नै केटालाई फकाएर वा भगाएर वा अपहरण गरेर लगेको भएपनि केटी केटाले लगेको वा अभिभावकले त्यसतो दावी गरयो भने केटालाई नै कार्वाही हुने कानुन छ । त्यसैले कानुन बुझेर माया प्रेम, विवाह, टिकटक, फेसबुक वा सामाजिक संजाल सजाए राम्रो हुन्छ ।
घटनाको उठान कहाँबाट भयो ?
जिल्लाको भोक्रहा नरसिंह गाउँपालिका ५ का मोहमद हकिम साँ इनरुवा १० लल्पापुरको इकास भन्नेको चारचक्के गाडी चलाउथे । उनको बाटो इनरुवा १० जल्पापुर हुदै इनरुवा ९ बबियाको पोखरी चौक र शुक्रबारे हात , श्मवाला चौक र बबिया बजार आउजाउ नियमित भयो । सोही बाटोमा विष्णु शर्माको घर पर्छ । सोही घरकी एक बालिका कक्षा ९ मा पढ्दै गर्दा हकिमको आखाँ उनी तिर पर्छ र केटीलाई भेट्न उसको पसलमा केही किनमेल गर्न थाल्छ । समान लिने बाहानामा भेटघाट बाक्लो हुन्छ । उनीहरुको बीचमा कुराकानी हुदैजादाँ एक वर्षसम्म कसैले थाहा वाउदैन र अपहरण सम्महुने शंकासम् मगर्दैन । उनीहरुको बीचमा २०७६ सालदेखी कुरा चलेपछि कोरोना कहरमा बन्दाबन्दीको मौकामा दुवैको यौन काण्ड खुल्छ र स्थानीयहरुले पटक पटक कानुनी उपचार भन्दा सामाजिक तवरबाटै मिलाउने प्रयास गर्छ । समाजले मिलाउने र केटाकेटी भाग्ने भगाउने क्रमम चल्छ सो क्रम तीनपटकसम्म हुन्छ । अन्तिम पटक साउन ३ गते राती मुसलधारे वर्षा हुन्छ । त्यही मौकामा केटाले केटीको घराको तीन ठाउँको ढोका फोडेर केटी सुतेको कोठामा पुप्छ र त्यहाँबाट धम्की वा मिलोमतोमा भाग्छ । त्यसपछि अभिभावक आजित भएर प्रहरीमा अपरहण तथा शरिर बन्धकको मुद्धा लिएर जान्छ प्रहरीले पीडित र पीडक नभएपछि मुद्धा दर्ता गर्न अनाकानी गर्छ । त्यसबीचमा केटाको परिवारसंग नियमित सम्र्पक हुन्छ र केही नेता भनौदा अनि ठेक्केदारहरुले सूचना लिग गर्दै जान्छ । कानुन व्यसायीसंग पनि कुरा गर्दै केटीलाई केटा र उसका सहयोगीले टिकटक बनाउन लगाएर दबाब दिएर सामाजिक सञ्जालमा हाल्न थाल्छ । त्यसपछि झनै दुवै परिवारका बीचमा तनाब बढाउछ । घटनाको सृखला करिव दुई महिना जारी हुन्छ । पछि केटालाई अभिभावकले केटीको उमेर १८ वर्ष पुग्यो भनेर घर आउने निधो गर्छ । त्यसमा आवेग आक्रोस पोख्दै केटीका परिवारलाई धाकधम्की दिदै अभद्र व्यहार गर्छ । सो अभद्र व्यहवार साँको आत्महत्यामा परिणत हुन्छ । त्यसको विरोधमा फोरी इनरुवा बजार, प्रहरी कार्यालय र केटीको अभिभावकको घरमा आगजगनी र प्रहरी कार्यालयमा तोडफोड हुन्छ ।
संविधानमा के छ ?
नेपालको संविधान २०७२ को प्रस्तावनामा नै हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं । भनिएकोमा सोको कार्यान्वय फितलो रहेको सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको एउटा घटनाले प्रष्ट पारेको छ ।
कानुनी अपराध की मायाप्रेम जाल ?
सुनसरीको इनरुवा नगरपालिका ९ बबियाकी एक नवालिक केटीलाई यौन पिपासु एक युवाले प्रेम जालको बहानामा पारेर अपहरणसम्म गर्छ । एउटी दलित केटीलाई उसको नवालिकपनको फाईदा उठाउदै कानुन वीपरित १८ वर्ष मुनीको हुदाहुदै यौन सम्बन्ध राख्ने र विवाहको प्रलोभनमा अपरहण गर्छ । अपहरणको घटना गर्दा मात्रै फटाही सिमित नराखी अभिभावक र कानुन कार्यान्वय गर्ने निकायलाई चिडाउने काम समेत गर्छ । अपरहण घटनाले एउटा कोर्स खडा गरेकोमा अर्को आगोमा घ्यु थप्ने काम केटा वा उनका सल्लाहकारले गर्छ । त्यसक्रममा टिकटक बनाई हुदै नभएको कुरा फील्मीशैलीमा सामाजिक सञ्जालमा हाल्छ । त्यसपछि ठाउँ परिवर्तन गरी गरी केटीलाई नसामा र दवावमा अनावश्यक कुराहरु गर्न र भन्न लगाएको हुन्छ । त्यसबाट पनि सच्चा प्रेम नभई परिवार र उनी निकटलाई मानसिक तनाव र यातना दिन मात्रै प्रयोग भएको प्रष्ट हुन्छ । अपरहण गरेर लगेपछि शारिरिक सम्बन्ध राख्नु गर्भ बोकाउनु उसको सामान्य कुरा भयो । फेरी नेपाली उखान छ पाप दुरीबाट कराउछ । त्यही भएर होला सुरुमा अपरण गरी भारत भागेर फेरी नेपालको धनकुटा जिल्लामा चिसो हावासगैं रमाईलो गर्ने र केटाकेटी दुवैको परिवारलाई तनाव दिने काम गर्दै आएको केटा असोज १२ गते सुनसरी आई केटीको बुवालाई धम्की दिन्छ र सोही धम्कीको आधारमा प्रहरीमा अभद्र व्यहवार मुद्धा चल्छ । मुद्धामा १३ दिन बसेका युवाले आफै झुण्डिएर प्राण त्याग गर्छ ।
यही प्राण त्याग वा आत्महत्याको घटनाले बबियाको एक दलितको घरमा आगजनीको घटना हुन्छ । त्यसको मूख्य योजनाकार साविकको बबिया गाविसका पूर्व अध्यक्ष भएको दावी बाहिर आएको छ । सो विषयमा खोजी जारी रहेको छ ।
कसको मौलकी हक कहाँ हनन भयो ?
नेपालको संविधान २०७२ को भाग–३ मा व्यवस्था गरिएको ३२ वटा मौलिक हक र कर्तव्यको कयौं हकलाई कुण्ठित गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा भएको एउटा आत्महत्या घटनालाई छानविन र दोषीलाई कार्वाहीको साटो एउटा निर्दोश दलित परिवारको घरमा आगजनी, तोडफोट र पुजा काठामा आतंककारीशैलीमा आक्रमण गर्नुले सुनसरीको इनरुवा नगरपालिका ९ बबियाका ४३ वर्षिय विष्णु शर्माको मौलिकको हनन र ज्यादती भएको छ । जवकी भाग ३ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक हुने कुराको ग्यारेण्टी गरेको छ । यसमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भनिएको छ तर शर्मालाई नवालिक छोरीको अपहरण हुदा बखत तथा कानून विपरित उमेर नपुगी यौन कार्यमा लगाएको पीडकलाई कार्वाहीको माग गर्दा उजुरी दर्ता नगर्नु , प्रहरीले परिवारलाई सुरक्षा नदिनु, कानुनको उलंघन गर्नेलाई कार्वाहीको दायरामा नल्याउनु लगायतका कारणले समानपूर्वक बाच्न गाह्रो मात्र होईन सुरक्षित भएर आफ्नै घरमा बस्ने वतावरण पनि भएन । राज्यद्धारा बनाइएको पनि छैन । यही संविधानको धारा १७ मा स्वतन्त्रताको हक अन्तरगत कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनिएकोमा उनको स्वतन्त्रतामाथि खलल पार्दा समेत प्रहरीले सुनुवाई गरेन । सो धाराको उपधारा (ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,(च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता हुने कुरा प्रष्ट लेखिएको छ तर शर्माको हकमा यो मौलिक हक आकर्षित भएन । उल्टै नवालिक छोरीको अपरहण हुन्छ । केटा प्रहरीमा आत्महत्या वा कालगती वा हत्या हुन्छ । त्यसमा कुनै संलग्ता विनै घरमा आगजती र लुटपाट गरी लाखौंको सम्पती नष्ट गरेको छ ।
यो घटनामा संविधानको सोही धाराको (१) खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने भनिएकोमा आगजनी र टोडफोड गर्नेलाई अपराध संहिता २०७४ अनुसार कार्वाहीको दायरा ल्याउने प्रस्सत ठाउँ छ ।
मौलिक हकमा नै धारा १८ मा समानताको हक अन्तरगत (१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । (३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग,आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । भनिएकोमा राज्यले शर्माको घरमा विस्थापित हुने गरी तोडफोड आगजनी र आक्रमणसम्म र यसअघि छोरीको अपहरण गर्दा समेत दोषीलाई कार्वाहीको दायरामा नल्याउदाँ दण्डहिन्तालाई प्रशयः दिएको देखिन्छ ।
हकिमको मौलिक हकमा भाग ३ को धारा २२ मा यातना विरुद्धको हकको हनन भयो । (१) पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन । (२) उपधारा (१) बमोजिमको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । भनिएकाले हिरासतमा भएको घटनाको छानविन गरी दोषीलाई कार्वाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ ।
शर्माको हकमा धारा २६ मा धार्मिक स्वतन्त्रताको हक हनन भएको छ । शर्माको पुजा कोठामा आगजनी गरेको छ । जबकी संविधानमा नै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ । प्रष्ट व्यवस्था भएपनि शर्माको पुजा कोठामा दिउसै आक्रमण गर्नेहरुको तस्बीर भिडियो छ्यापछ्याप्ती हुदा समेत पक्राउ गरेर कार्वाही नगर्नु राल्यको लचारीपन र नागरिक प्रती अनउतरदायी भएको प्रष्ट हुन्छ ।
विष्णुको छोरीको हकमा धारा २९ को शोषण विरुद्धको हक हनन भएको छ । यसमा(१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ । (२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन । (३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन । यस विपरीतको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । भनिएकोमा १८ वर्ष उमेर नपुगेकी केटीलाई सहमतीमै पनि यौन क्रिया गरेको वा गराएको वा गर्न उस्काएको खण्डमा बलात्कार मानिने कानुन छ । यतीको प्रष्ट व्यवस्था हुदाहुदै प्रेम जालको नाटक बनाएर, टिकटक बनाएर , फेसबुकमा अरुलाई गाली गरेर वा बन्दी बनाएर गर्न लगाएको पात्रलाई कार्वाही गर्नुपर्नेमा वेवास्ता गर्नु आफैमा दुभाग्य पूर्ण छ । कानुन हातमा लिने अधिकार कसैमा पनि छैन तर लिएको खण्डमा कार्वाही गर्नुपर्छ र हुन्छ तर आनहर देशमा कनाहा राजाको शासन जस्तै देखादेख कानुनको विपरित गर्नेलाई कार्वाही नगर्दा यो अवस्थासम्म आईपुगेको छ । जवकी कानुन नजानेको भनेर क्षम्य हुदैन त्यसको समेत हेक्का नराखी केही विचौलिया, नेता भनौदाहरु, दालालहरु, आपसी सदभाव खलबलाउनेहरु, कानुनको कार्यान्वयको जिम्मा लिएर बसेकाहरुसम्म अनि सरकारी रासनपानीमा जिवन विताउनेहरुले पनि कानुन वीपरित कार्यलाई व्यवहारिक भन्दै टारेकाले यौन शोषण काण्ड, प्रेमको नाममा अपरहण काण्ड र विवाहको नाममा धाकधम्की र त्यसपछि कानुन मिच्दा मानसिक समस्या काण्ड अनि गल्ती सहन नसकेपछि आत्महत्या काण्डको सृखला हुनुले पक्कै पनि राम्रो सन्देश दिएको छैन् ।
धारा ३८ मा महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ ।) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको तर विष्णुको छोरीको हकमा यो कुरा पनि लागु भएन ।
धारा ३९ मा बालबालिकाको हक उल्लेख गरिएको छ । यसको वुदा नम्बर (५) मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भन्ने कुरा प्रष्ट उल्लेख गरिएको छ । तर विष्णुको छोरीलाई दुई वर्षमा पटक पटक गरी ३ पटकसम्म ओसारपसार गर्ने र भागेर आएपछि फेरी प्रलोभनमा पारेर अपरण गर्ने गरेको थियो । त्यसमा प्रेमजाल वाहाना बनाएको थियो । कानुन भन्दा माथि प्रेम वा यस्तै केही हुन सक्दैन ।
यतीको राज्यले ग्यारेण्टी गरेको मौलिक हक हनन, उलंघन हुदा समेत राज्य गम्भिर नभएकाले विष्णुको परिवारको अझै ज्यान खतरामा रहेको भन्दै विस्थापित भएको छ । विष्णु घरमा भएको आगजनी, प्रहरी कार्यालयमा भएको तोडफोड र प्रहरी हिरासतमा भएको आत्हहत्याको घटना गरी तीन वडा काण्ड प्रष्ट देखिन्छ । तीनैलाई छुट्टाछुट्टै छानवीन गरि , अनुशंधान गरी , सुक्ष्म रुपमा दोषी पत्ता लगाई कानुनी कार्वाही गर्नुपर्छ । यदी कानुनी उपचार गरिएन भने अराजकता निम्तने निश्चित छ ।
सामान्य रुपमा बुझ्ने कुरा प्रहरीले भनेको झुण्डिएर आत्महत्या र पीडित पक्ष भनिएका समूहद्धार हत्याको आरोपको कानुनी राज्यमा कानुनी उपचार उतम उपाय हो । तर जुन हर्कत भएको छ सो घटनालाई लिएर त्यसको पूर्ण सुक्ष्म अध्ययन, छानवीन, अनुशंधान गरी दोषी पत्ता लगाई कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्छ ।
निकर्षमा के हो भने जुन देशमा बसोबास गर्छ त्यो देशको कानुन मान्नु सबै नागरिकको दायित्व हो भने नागरिकलाई प्रदान गरिएको मौलिक हक र अधिकारको सुनिश्चिता र ग्यारेण्टी राज्यले गर्नुपर्छ । यो सवालमा राज्यले सामन्य कुरालाई बेवास्ता र कानुनी डण्डा छोडेर व्यवहारीक बन्दा विकसित भएको घटना क्रमको समिक्षा पनि गर्नु जरुरी छ । संविधानको भाग ३ को धारा ४८ मा नागरिकका कर्तव्य भनिएकोमा असोज २४ गते आईतबार विहानदेखी मध्यानसम्म भएको घटनामा कुनै पनि नागरिकले कर्तव्य पालना नगरी अराजक रुपमा निस्केको देखियो । जवकी उक्त धारामा प्रत्येक नागरिक राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, (ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, अनि सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुपर्ने दायित्व हुने छ भनिएको छ । यसमा न संबिधान न कानुनको पालना गरेको देखियो न त सार्वजनिक सम्पतीको सुरक्षा न संरक्षण नै गरेको देखियो । यहाँ देखियो केवल त्यसको पूर्ण वीपरितका गतिविधि । त्यसमा संबिधान र कानुन विपरित व्यक्ति तथा सार्वजनिक सम्पती माथि धावा बोलेको, तोडफोड, आगजनी र ढुगामुढा गरेको अनि सुरक्षा चुनौती थप्ने काम मात्रै गरे । संरक्षणको कुरा एकादेशको कथा जस्तो बनेको थियो । घटनासगैं जानकारीका लागि संविधानको कुरा राष्ट्र ः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । नेपाल राज्यः (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । (२) नेपालको क्षेत्र देहाय बमोजिम हुनेछः– (क) यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र, र (ख) यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र । राष्ट्रिय हितः (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् । (२) राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ ।
घटना पछि असोज २६ गते नेकपा एकिकृत समाजवादी सुनसरीको विज्ञप्ती
जिल्ला प्रहरी कार्यालय सुनसरीको इनरुवा स्थित हिरासतमा अभद्र व्यवहार मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका सुनसरीको भोक्राहा–५ का मोहम्मद हकिम साहको प्रहरी हिरासतमै मृत्यु भएको दुखःद घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानआर्कषण भएको छ । प्रहरीको हिरासतमा रहेको थुनुवाको मृत्यु हुन अत्यन्तै दुखःद घटना भएकाले नेपाल सरकारले घटनाको निषपक्ष र प्रभावकारी रुपमा छानविन गरि यर्थात सत्य तथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्न सरोकारवाला निकायसँग जोडदार रुपमा माग गर्दछौ । साथै घटनाबाट पिडित भएका परिवारजनलाई तत्काल राहतका साथै उचित क्षतिपुर्ती प्रदान गर्न स्थानिय प्रशासन र सरकारसँग जोडदार रुपमा माग गर्दछौ। २०७८ असोज २४ गते सुनसरी सदरमुकाम इनरुवामा विकसित घटनापछि उत्पन्न परिस्थीतीबाट शान्तीपुर्ण सामाजिक एकता र सदभावमा खलल् पुग्ने गरि कुनै पनि कार्य नगर्न सवैपक्षलाई हाम्रो पार्टी नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी सुनसरी आग्रह गर्दछौ । साथै समबद्ध सवैपक्षलाई संयमता अपनाउदै आपसी सामाजिक सदभाव, सामाजिक एकता, सहिष्णुता र भातृत्व कायम राख्नका लागि हार्दिक अपिल गर्दछौ ।
घटना पछिको आगजनी र तोडफोड
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का २१ बर्षीया मोहमद हकिम साँले असोज २४ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा आत्महत्या गर्छ । भोक्राहा नरसिंह गाउँपालिका– ५, टपरा घर भएका साँले छिमेकी नगरपालिका इनरुवा ९ की एक बालिकालाई फगाएर लगेको र तीन महिना पछि असोज १२ गते घर आउदाँ बखत केटीको बुवालाई अभद्र व्यवहार गर्छ । सोही दिन साँलाई पक्राउ गर्न पक्राउ पुजी जारी गर्छ र असोज १३ गते प्रहरीले पक्राउ गर्छ । उनी माथि दुई पटक म्यद थप भई अन्तिम पटक असोज २४ गते सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालय लाने तयारी हुन्छ । अभन्द्र व्यवहारको मुद्धामा हिरासतमा रहेको बखत असोज २४ गने साँको शव थुनुवा कक्षको ढोकामा गम्छाले बाँधेर झुण्डिएको अवस्थामा फेला पर्छ । प्रहरी उपरीक्षक संजयसिंह थापाका अनुसार कैदीबन्दी बस्ने ठाउँमा राती करीब ३ बजेसम्म ठिकठाक रहेकोमा साँकै पालोमा पिसाव र्फेन निस्केको र सोही क्रममा भित्रैको ढोका नजिकै ग्रीलमा झुण्डिन्छ । आत्महत्या गरेको विषयमा उनीसगैं रहेका थुनुवा १४ जना मध्ये कोही कसैले पनि थाहा नपाएको बन्दीले बताउछन् । प्रहरीका अनुसार बिहान ३ बजेर १६ मिनेट पछि शौचालय गएको दृश्य र त्यसपछि थुनुवा कक्ष जाने क्रममा ढोका नजिकैको सिसिटिभि तिर हेर त्यसको करिव मुनी ग्रिलमा झुण्डिन्छ । घटना पछि थुनुवा र सुरक्षार्थ खटिएको प्रहरीले देखेर थाहा पाई प्रहरी प्रमुखलाई खबर प्राप्त हुन्छ ।
घटनाको सूचना पाएपछि प्रहरी बीचमा इतिहासमै पहिलोपटक थुनुवा कक्षमा नै यसतो घटना भनी केहीबेल अलमल हुन्छ । घटनाको बारेमा चासो राख्ने र साँको नजिकका अभिभावकलाई एकाविहानै जानकारी हुन्छ । त्यसबीच घटना पछि केही स्थानीयहरुले विहानैदेखी नै प्रहरी कार्यालय आसपाल आउन थाल्छ । एक दुई हुदै करिव सयको संख्यामा पुग्दा प्रहरीमा आत्महत्या भएपनि केहीले अफुवा फैलाई हत्या भएको भनी प्रचार गर्छ र त्यसपछि विहान साढे ७ बजेबाट आगजनी, चक्काजाम, तोडफोडमा त्यही आन्दालेकारी भन्नेहरु उत्रे र मध्यानसम्म जिल्ला प्रहरी कार्यालय घेराउ र बजारपसल बन्द गराए । आत्महत्या नभई हत्या भएको र प्रहरीले मारेको आरोप लगाउदै आक्रोषितहरुले चर्का नाराबाजी र ढुगांमुडा गर्दै आन्दोलनमा उत्रेकाले तनाव ग्रष्त बनेको थियो । आन्दोलनकारीको ढुंगा लागेर १७ जना प्रहरी र ४ जना स्थानीय समान्य घाईते भएछ । भागदौडमा आन्दोलनकारीको तर्फबाट हरिनगर गाउँपालिका १ रामनगरभुटाहाका २४ वर्षिय कलामुद्धिन मियाँ र सोही ठाउँका २१ वर्षिय सरिफ मियाँ घाईते भए । पीडित भएका मियाँदोयले भने शरिरको अन्यभागमा पनि चोट लागेको रहेछ । उनीहरुले काममा हिडेको बेला प्रहरीको लाठी लागेको दावि गरेका छन् । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न ३७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेछ । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, इनरुवा बजार बन्ददेखी इनरुवा ९ बबियाको विष्णु शर्माको घरमा आगजनी र तोडफोड गरेछ । जवकी सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएको छ । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गर्दा समेत प्रहरीमा कार्यरत्त डिएसपी नरेन्द्र कुमार कार्की, प्रहरी निरीक्षक मिना राई, प्रहरी हवल्दार मेनुका राई, प्रहरी निरीक्षक हरी कार्की, प्रहरी जवान मनिषा चौधरी, रोजिना कार्की, पवित्रा तमांग, कमला कार्की, प्रहरी जवान सुरेन्द्र खत्री, रबिन्द्र दनुवार, रमेश कार्की, कालुराम राजवंशी, जिवराज राई सहितका घाईते भएछ । सबैको उपचार प्रहरी कार्यालय भित्र नै चिकित्सकलाई बोलाएर गरेको थियो । केटा पक्षकाले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको दावी गरेछ । घटना उग्र भएपछि मृतकका बुवा फुलमोहमद मंसुरीले छोराको लाश बुझ्ने र पोष्ट मार्टमको रिर्पोट अनुसार न्यया पाउने अपेक्षा गर्दै आन्दोलनमा उत्रेकाहरुलाई सम्यमित हुन अपिल गर्छ । फुलमोहमदले छोराको मृत्यु भईसकेकोले आन्दोलन गरेर ज्यान फिर्ता नहुने भएकाले आन्दोलन, चक्काजाम, तोडफोड र आक्रमण तथा आगजनी नगर्न सबैमा आग्रह गर्छन । आग्रह अघि नै इनरुवा ९ बबियाको विष्णु शर्माको घरमा आन्दोकारीहरुको आगजगनी पर्छ । भोक्राहा नरसिंह ५ का मुस्लिम युवाहरुले शर्माको घरमा आगजगनी गरेको रहेछ । सयौंका संख्यामा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का युवाहरुले आगजगनी गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप तैनाथी र दुहवीको दमकलले नियन्त्रण लिएको रहेछ । सोही आगो नियन्त्रण गर्न गएको इनरुवा ९ का ४५ वर्षिय दयान्दन खत्वेलाई पनि आन्दोलनकारी युवाहरुले भाटोले हानेर गम्भिर घाईते बनाईदिन्छ । पीडित खत्वेको इनरुवा अस्पतालमा उपचार हुन्छ । खत्वेको टाउँकोमा सात टाका लगाएको छ भने हात काटिएकोमा सिलाई गरिएको छ । मृतकको शव पोष्ट मार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लान्छ । असोज २४ गते नै पोष्ट मार्टम भएपनि मुस्लिम अगुवाहरुको आग्रहमा असोज २५ गते साझ सवा ६ बने वश बबिया ल्याउछ र बबिया कबिस्थानमा इस्लाम संस्कार अनुसार गाडेर अन्तिम संस्कार गर्छ ।
आगजनी विरोधमा युवाहरु सडकमा
असोज २५ गते सोमबार सुनसरीको लौकहीमा युवाहरुले असोज २४ गतको आन्दोलनमा उत्रेकाहरुले इनरुवा ९ बबियाको विष्णु शर्माको घरमा आगजगनी र प्रहरी कार्यालयमा तोडफोड गरेको विरोधमा सडक जाम गरे । उनीहरुले केहीबेर सडक जाम र नाराबाजी गरेको गरे । त्यसपछि असोज २६ गते स्थानीय युवाहरु र हिन्दु समर्थक युवाले शर्माको घरमा आगजनी र प्रहरी कार्यालयमा ढुगामुडा तथा तोडफोड गरेकाले त्यसको निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, पीडित शर्मा परिवारलाई क्षतीपुर्ती दिनुपर्ने, अराजक कार्य बन्द गर्नुपर्ने, आक्रमण, आगजनी र तोडफोडमा उत्रेकाहरुलाई पहिचान गरी कानुनी कार्वाही गर्नुपर्ने, सामाजिक, सांस्कृतिक र धार्मिक सदभाव कायम गर्नुपर्ने , छोरीचेलीको सुरक्षा दिनुपर्ने माग गर्दै पूर्व पश्चिम लोकमार्ग अन्तरगत इनरुवा नगरपालिका ४ बसचौकमा मध्यान केही बेर टायर बालेर सडक अरुद्ध गरेछ । सडक अवरुद्ध सहित शान्तीपूर्ण अन्दोलनमा युवाहरुले सम्बोधन गर्दै सामाजिक, सांस्कृतिक र धार्मिक सदभाव कायम गर्नुपर्ने र घटनाको छानविन तथा क्षतीपुर्ती दिनुपर्ने माग गरेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक बसेको र पीडित पक्षहरुसंग असोज २५ र २६ गते दुई चरणमा छलफल गर्छ । थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले घटनास्थल र पक्षहरु सहित सुरक्षा निकायका प्रमुख एवम राजनीतिक दलका प्रतिनिधिहरुको सुझाव लिएको थियो ।
घटनालाई अतिरञ्जित गर्ने प्रयास भैरहेको तर्फ संकेत गर्दै सहभागिले सद्भाव कायम राख्न सर्वपक्षीय छलफलको आवश्यक्ता औल्याएका थिए । बैठकले प्रहरी हिरासत भित्र युवकको मृत्यु घटनासँगै बबियामा रहेको बालिकाको घरमा भएको आगजनीको विषय उपर समेत छानविन हुनुपर्ने माग गरेको थियो ।
हिरासतमा आत्महत्या घट्नपछि हिरासत कक्षको मानव अधिकार आयोग र इन्सेकद्धारा अनुगमन
राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगर र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले संयुक्तरुपमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासत कक्षको अनुगमन गरेको छ । असोज २४ गते नै आयोगको प्रदेश १ निमित प्रमुख नितु गड्तौला र इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवको अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिनुका साथै असोज २३ गते भएको हिरासत भित्रैको आत्महत्याका घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका एसपी संजय सिंह थापा र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीलाई भेटेर थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएका थिए ।
अनुगमन टोलीले नयाँ भवनमा भएको हिरासत कक्ष मानवअधिकारकमैत्री भएपनि सुरक्षा निगरानी र सिसीटीभिको संख्या बढाएर थप सुधार गर्नुपर्ने, थुनुवा भेट्न आफन्तहरूलाई भेट गर्ने बतावरणलाई सहज दिएको पाइएको तर बस्ने र ओढ्ने ओच्छयाउने सबालमा सुधारको सुझाव दिइएको इन्सेक प्रतिनिधि जयकृष्ण यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा आत्महत्या घटना भएको कक्षमा मृतक सहित १४ जना थुनुवाहरू रहेको बताउँदै विहानको ३ः१५ बजे पछिको समयमा तौलियाले ग्रिलमा झुण्डिएर आत्महत्या जिल्ला प्रहरी कार्यालयका एसपी थापाले बताउनुभयो ।
एसपी थापाले सबै थुनुवाहरुको समयमानै म्याद थप गर्नको लागी अदालतमा पु¥याउने ,प्रशासनमा लाने, खाना गुणस्तरीय दिएको र थुनुवाहरूको थप व्यवस्थापन गर्नको लागि थुनुवा कक्षको निगरानी गर्न लागेको बताउनुभयो ।
अनुगमन टोलीमा रहेका दोयलाई प्रहरी सहित अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रहरीको हिरासतमा रहेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का मोहम्मद हकिम साको आत्महत्या बारेमा उनीसगैं हिरासतभित्रै रहेका सुरज कुमार ठाकुर, सुबास घिमिरे, गणेश साह, समिर थापा मगर, असिलाल धामी, आवधेश मण्डल, रमेश कुमार राय, अजित मंसुरी, रोशन मण्डल, सुमन मुखिया, रुपक चौधरी, विकास यादव र कलिम मियाँसंग भेटेर आत्महत्या र हिरासतको सेवाको बारेमा सोधपुछ गरेको थियो ।
प्रहरी हिरासतको घटना छानविन गर्न समिति
आत्महत्या घटनाको छानविन गर्न असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा एक छानविन गर्न समिति गठन गरिएको हो । समितिमा नेपाल प्रहरीको अधिकृत, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँ, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंह गाउँपालिका ५ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र इनरुवा नगरपालिका १० का वडा अध्यक्ष सुलताम मियाँ लगायतका सदस्य रहनुभएको छ ।
घटनामा भएको कम्जोरीहरु ः
१, केटा र केटी दुवैका अभिभावकले छोराछोरीलाई कानुनी र पारिकारिक अनुशासन र संस्कार सिकाउन नक्सनु
२, पसलमा पटक पटक आउने ग्राहक माथिको निगरानी केटी पक्षकाले नगर्नु
३, छोरीको आनीबानीमा देखिएको फरकपनका बारेमा प्रश्न सोध्ने काम नगर्नु
४,छोराको कोठामा कोही बालिका रातीको समयमा आउदाँ अभिभावक नदेखे जस्तो गर्नु ५, माया जालको कुरा गर्ने केटाकेटीहरुलाई आफ्नै देशको कानुन बारेमा जानकारी नहुनु ६, अभिभावकले छोरी बाहिर जादाँ कोसंग गएको ? किन गएको ? कस्तो मान्छेसंग गएको ? कहिलेदेखी गएको ? कसलाई सोधेर गएको ? ढिलो गरि किन घर आएको लगायतका प्रश्नबारेमा बेस्वता गर्नु
७, घटनाबारेमा थाहा पाएर पनि सामाजकै पञ्यातीमा भर पर्नु र कानुनी उपचार सुरुमा नखोज्नु
८, सुनसरीमा कानुनी राज्यको उपहार हुनेगरी जनप्रतिनिधि र पूर्व प्रधानपञ्चहरुले अपराध र कानुन विपरितका कार्य पनि सामाजकै पञ्यातीमा मोममोलाई गरी आर्थिक चलखेल गर्नु
९, जस्तो सुकै घटनालाई पैसामा मिलाउने र प्रहरीसम्मलाई गुम्रहामा पार्नु
१०, सूचना पाएर पनि पैसाको बलमा सामाजकै पञ्यातीमा जस्तो सुकै अपराध लुकाउने प्रयास नर्गु
११, कानुन कार्यान्वयन गर्ने निकायहरुले कानुनी उपचारका लागि आउनेलाई सुरुमा बेवास्ता गर्नु र अनुसंधानमा इक्छा नदेखाउनु
११, अपराधलाई पनि राज्य र राजनीतिक संरक्षण गर्न खोज्नु
१२, जिम्मेबार निकायहरु गैरजिम्मेबार हुनु
१३, शान्ती सुरक्षा र कानुनी उपचारको उदगम थलो प्रहरीले सबै घटनालाई एउटै डालोमा हालेर हेर्नु
१४, घटनाको यर्थातलाई बुझ्ने प्रयास नगरी अनुमानको भरमा यस्तै त भयो होला नी भनेर एउटा घटनालाई नजिर मानेर पीडितहरुलाई न्याय दिनु भन्दा सास्ती दिने काम गर्नु
१५, कानुनी राज्यमा पनि कुनै पनि घटनालाई हल्का रुपमा लिनु
१६, प्रहरीले अपराध अनुसंधानमा लेनदेन र विचौलियाको भर पर्नु
१७, प्रहरी भित्रको अनुसाशन विपरीत केही प्रहरीका कारणले समग्र प्रहरीलाई बदनाम गराउने प्रयास गर्नु
१८, पक्षहरुको कुरा भन्दा विचौलियाहरुको कुरा बढी सुन्दाको असर अन्यायमा पर्नुपर्ने बाध्यता
१९, उजुरी आएकोमा आउने वितिकै यस्तो होईन यसतो लिएर आउनु भनेर फर्काई दिने प्रवृति हावी हुनु
२०, घटनाका बारेमा पार्टीगत सुनुवाई र पहुचमा मात्रै भर पर्ने संस्कार हुनु
२१, शान्ती सुरक्षा समयमा मिलाउन नसक्दा ठूलो क्षती र आक्रमण तथा आगजनीको घटना हुनु
घटनाले सिकाएको पाठ ः
१,अभिभावकले आफ्नो छोराछोरीलाई देशको विदमान कानुनी र पारिकारिक अनुशासन र संस्कार सिकाउनुपर्ने
२, कोहीकसैको घरमा अनावश्यक कोही व्यक्तिको आगमन भए निगरानी गनुपर्र्ने
३, आफ्नो छोराछोरीको आनीबानीमा देखिएको फरकपनका बारेमा प्रश्न सोध्ने संस्कृतिको विकास गर्नुपर्ने
४,केटाकेटीहरुलाई आफ्नै देशको कानुन बारेमा जानकारी दिनुपर्ने
५, अभिभावकले छोराछोरी घरबाहिर जादाँ कोसंग जादैछ वा गएको ? किन गएको कहाँ गएको ? कस्तो मान्छेसंग गएको ? कहिलेदेखी गएको ? कसलाई सोधेर गएको ? ढिलो गरि किन घर आएको लगायतका प्रश्न सोध्नुपर्छ
६, कानुनी अपराध र सामाजिक कुराका बारेमा थाहा पाएर सोही अनुसार सामाजकै पञ्याती की प्रहरी प्रशासन वा अदालत जाने कुरा र कानुनी उपचार खोज्नुपर्छ
७, कानुनी राज्यको बारेमा जनप्रतिनिधि र पूर्व प्रधानपञ्चहरुलाई जानकारी सहित अभिमुखिकरण गर्नुपर्ने
८, अपराध र कानुनका बारेमा सवैलाई जानकारी दिई आर्थिक चलखेल बन्द गर्नुपर्ने
९, सबै घटनालाई सुक्ष्म अध्ययन र अनुसंधान गरी पैसामा मिलाउने र गुम्रहामा पार्ने काम बन्द गर्नुपर्ने
१०, प्रहरीले सूचना पाएर स्वहस्र्फुत रुपमा अपराध अनुसंधानमा ध्यान दिनुपर्ने
११, कानुन कार्यान्वयन गर्ने निकायहरुले कानुनी उपचारका लागि आउनेलाई सुरुमा नै मुस्कान सहितको सेवा दिने महसुस गराउनुपर्ने र अनुसंधानमा तदारुकता देखाउनुपर्ने
११, अपराधलाई राज्य र राजनीतिक संरक्षण नगरी कानुनी कार्वाही गर्नुपर्ने
१२, पदिय दायित्व र जिम्मेबारी सबै निकायहरुका जिम्मेबार व्यक्तिहरु हुनुपर्ने
१३, शान्ती सुरक्षा र कानुनी उपचारको उदगम थलो प्रहरीले सबै घटनालाई एउटै डालोमा हालेर नभई सुक्ष्म रुपमा हेर्नुपर्छ
१४, घटनाको यर्थातलाई बुझ्ने प्रयास गरी अनुमानको भरमा दिने सास्तीलाई बन्द गर्नुपर्ने
१५, कानुनी राज्यको अनुभुती दिलाउन कुनै पनि घटनालाई हल्का रुपमा लिनुहुदैन
१६, प्रहरीले अपराध अनुसंधानमा लेनदेन र विचौलियाको चलखेल शुन्यमा झार्नुपर्ने
१७, प्रहरी भित्रको अनुसाशन पालना गर्दै सभ्य समाज निर्माणको संवाहक बन्नुपर्ने
१८, पक्षहरुको कुरा बढी भन्दा बढी सुनी न्यायको अनुभुती दिलाउनुपर्ने
१९, जस्तो सुकै उजुरी आएको खण्डमा जस्ताको त्यसतैमा अनुसंधान गर्ने र पक्षलाई सोधपुछ गर्ने , सेवा दिएको महसुस गराउने र यदी झुठो ल्याएको रहेछ भने सोही अनुसार कार्वाही गर्ने आट प्रहरीले गर्नुपर्ने
२०, घटनाका बारेमा पार्टीगत सुनुवाई र पहुचमा नभई सबैलाई समान दृष्टिकोणबाट हेनुपर्ने
२१, प्रहरी भित्रको वतवारणमा समन्वयात्मक कार्य गर्न प्रोत्साहन गर्ने,
२२, प्रहरी हिरासतलाई मानव अधिकारमैत्री सहित सिसिटिभिको निगरानी थप बढाउनुपर्ने
२३, थुनुवा कक्षको चारै कुनाको दृष्य कैद गर्ने गरी सिसिटिभिको व्यवस्था गर्नुपर्ने
२४, सिसिटिभिको फुटेज गर्ने वा निगरानी गर्ने प्राविधिक वा कर्मचारीको २४ घण्टे व्यवस्था गर्नुपर्ने
२५, अपराध र घटनाको प्रकृति अनुसारको बन्दीहरुको कक्ष व्यवस्थापनमा ध्यान दिनुपर्ने
२६, जस्तो सुकै अवस्थामा पनि प्रहरी भित्रको शान्ती सुरक्षाको व्यवस्था मिलाउन ध्यान दिनुपर्ने, अराजक गतिविधि हुने सम्भावित ठाउँमा सुरुमै एकसनमा आएर तिरवितर गर्नुपर्ने
२७, नागरिक शिक्षा बढाउनुपर्ने , नागरिक र प्रहरीका बीचको सम्बन्धका बारेमा आम नागरिकलाई पालो मिलाएर जानकारी दिने व्यवस्था गर्नुपर्ने
२८, प्रहरी नागरिकको साथी भएको र प्रहरी नागरिककै लागी हो भन्ने सन्देश दिनुपर्ने
२९, सरकारी निकाय, गैरसरकारी निकाय, जनप्रतिनिधि र नागरिक समाज अनि नागरिकका बीचमा समयसमयमा समिक्षात्मक, परिचयात्मक अन्तरकृया गर्नुपर्ने
३०, सबैसंग सबै किसिमका सूचना हुने भएकाले सरोकारबालाहरु बीचमा समन्वय, सहकार्य र सूचना आदानप्रदान गर्नुपर्ने
घटनाको पक्षहरुलाई के गर्नुपर्छ ?
१ पहिलो प्रहरी हिरासतको आत्महत्या घटनाको आधार सहितको जानकारी सार्वजनिक गर्नुपर्ने वा हत्याको दावी गरिएको विषयको आधारहरु प्रष्ट पानुपर्ने
२, दोस्रो आत्महत्या पछिको घटना क्रममा भएको आन्दोलन, आगजनी, तोडफोड र अलोकतान्त्रिक गतिविधि गर्नेहरुलाई पहिचान गरी कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने
३, तेस्रो इनरुवा ९ का विष्णु शर्माको घर, पुजा कोठा र गोदाममा भएको आगजनी, तोडफोडका गतिविधि गर्ने असमाजिक तत्वहरुलाई पहिचान गरी तत्काल गिरफतार गरेर कानुनी कार्वाहीको दायरामा ल्याउनुपर्ने
४, चौथो सबै पक्षले सामाजिक, सांस्कृतिक, धार्मिक र आपसि सहिसुष्ता कायम गर्न आआफ्नो कम्जोरीको समिक्षा गरि हातेमालो गरि अघि बढ्नुपर्ने आदी ।




फेसबुकबाट तपाईको प्रतिक्रिया