हिरासतमा आत्महत्या घट्नपछि हिरासत कक्षको आयोग र इन्सेकद्धारा अनुगमन – Nagarikabhiyan : National News

हिरासतमा आत्महत्या घट्नपछि हिरासत कक्षको आयोग र इन्सेकद्धारा अनुगमन

इनरुवा  । राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगर र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले संयुक्तरुपमा असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासत कक्षको अनुगमन गरेको छ । आयोजको प्रदेश १ निमित प्रमुख नितु गड्तौला र इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवको अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिनुका साथै असोज २३ गते भएको हिरासत भित्रैको आत्महत्याका घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका एसपी संजय सिंह थापा र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीलाई भेटेर थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएका थिए ।

अनुगमन टोलीले नयाँ भवनमा भएको हिरासत कक्ष मानवअधिकारकमैत्री भएपनि सुरक्षा निगरानी र सिसीटीभिको संख्या बढाएर थप सुधार गर्नुपर्ने, थुनुवा भेट्न आफन्तहरूलाई भेट गर्ने बतावरणलाई सहज दिएको पाइएको तर बस्ने र ओढ्ने ओच्छयाउने वसालमा सुधारको सुझाव दिइएको इन्सेक प्रतिनिधि जयकृष्ण यादवले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा आत्महत्या घटना भएको कक्षमा मृतक सहित १४ जना थुनुवाहरू रहेको बताउँदै विहानको ३ः१५ बजे पछिको समयमा तौलियाले ग्रिलमा झुण्डिएर आत्महत्या जिल्ला प्रहरी कार्यालयका एसपी थापाले बताउनुभयो ।

एसपी थापाले सबै थुनुवाहरुको समयमानै म्याद थप गर्नको लागी अदालतमा पु¥याउने ,प्रशासनमा लाने, खाना गुणस्तरीय दिएको र थुनुवाहरूको थप व्यवस्थापन गर्नको लागि थुनुवा कक्षको निगरानी गर्न लागेको बताउनुभयो ।

अनुगमन टोलीमा रहेका दोयलाई प्रहरी सहित अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रहरीको हिरासतमा रहेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का मोहम्मद हकिम साको आत्महत्या बारेमा उनीसगैं हिरासतभित्रै रहेका सुरज कुमार ठाकुर, सुबास घिमिरे, गणेश साह, समिर थापा मगर, असिलाल धामी, आवधेश मण्डल, रमेश कुमार राय, अजित मंसुरी, रोशन मण्डल, सुमन मुखिया, रुपक चौधरी, विकास यादव र कलिम मियाँसंग भेटेर आत्महत्या र हिरासतको सेवाको बारेमा सोधपुछ गरेको थियो ।