हिरासतमा भएको आत्महत्या घटना छानविन गर्न समिति गठन – Nagarikabhiyan : National News

हिरासतमा भएको आत्महत्या घटना छानविन गर्न समिति गठन

इनरूवा । जिल्ला प्रहरी कार्यालय हिरासतमा भएको मोहमद हकिम साँको आत्महत्या घटना बारेमा छानविन गर्न समिति गठन गएिको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको संयोजकत्वमा छ सदस्य हिरासत भित्रको घटना बारेमा छानविन गर्न समिति गठन गएिको हो ।

समितिमा नेपाल प्रहरीको अधिकृत, हरिनगरका अध्यक्ष गफार अंसारी मियाँ, कोशीका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंह ५ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी, इनरुवा १० का वडा अध्यक्ष सुलताम मियाँ सदस्य रहेका छन् ।

समितिले आईतबारबाट नै काम थालेको जनाएको छ । समितिले घटनाको प्रारम्भिक जानकारी, लासको अवस्था मुचुल्का र पोष्टमार्टमसम्मको विवरण प्रत्यक्ष अवलोकन गरेको छ भने थप काम सोमबारबाट थाल्ने जनाएको छ ।