थुनुवा कक्षभित्रै थुनुवा युवाले गरे आत्महत्या, घटना सुनियोजित भएको भन्दै आक्रोषित स्थानीयद्धारा चक्काजाम र तोडफोड – Nagarikabhiyan : National News

थुनुवा कक्षभित्रै थुनुवा युवाले गरे आत्महत्या, घटना सुनियोजित भएको भन्दै आक्रोषित स्थानीयद्धारा चक्काजाम र तोडफोड

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का एक युवाले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै आत्महत्या गरेका छन् । केटी भगाएको र सार्वजिनक अपराध मुद्दामा अनुशंधानको लागि जिल्ला प्रहरी कार्यालय इनरुवाको थुनामा रहेका २४ बर्षीया हकिम साँले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका– ५, टपरा घर भएका साँले छिमेकी नगरपालिका इनरुवा ९ की एक किसोरीलाई फगाएर लगेको र केही दिन अघि पक्रउ परेको साँलाई असोज १२ गते पक्राउ परेको थियो । साँको शव थुनुवा कक्षको ढोकामा गम्छाले बाँधेर झुण्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक संजयसिंह थापाले बताउनुभयो । उहाँका अनुसार कैदीबन्दी बस्ने ठाउँमा राती करीब ३ बजेसम्म ठिकठाक रहेकोमा साँकै पालोमा पिसाव र्फेन निस्केको र सोही क्रममा भित्रैको ढोका नजिकै ग्रीलमा झुण्डिएको थियो । उहाँले घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । साँले आत्महत्या गरेको विषयमा उनीसगैं रहेका थुनुवा १६ जना मध्ये कोही कसैले पनि थाहा नपाएको एक बन्दीले बताएका छन् । प्रहरीका अनुसार बिहान ३ बजे पछि शौचालय गएको र त्यसपछि थुनुवा कक्ष जाने क्रममा ढोका नजिकैको ग्रिलमा झुण्डिएको थियो । घटना पछि थुनुवा र सुरक्षार्थ खटिएको प्रहरीले देखेर थाहा पाई आफूलाई खबर प्राप्त भएको थापाले बताउनुभयो ।
यसैबीच घटना पछि केही स्थानीयहरुले विहानैदेखी मध्यानसम्म जिल्ला प्रहरी कार्यालय घेराउ र बजारपसल बन्द गराएका छन् । आत्महत्या नभई हत्या भएको र प्रहरीले मारेको अरोप लगाउदै आक्रोषितहरुले चर्का नाराबाजी र ढुगांमुडा गर्दै आन्दोलनमा उत्रेकाले तनाव ग्रष्त बनेको थियो । आन्दोलन कारीको ढुंगा लागेर १७ जना प्रहरी समान्य घाईते भएका छन् । भागदौडमा आन्दोलनकारीको तर्फबाट हरिनगर गाउँपालिका १ रामनगरभुटाहाका २४ वर्षिय कलामुद्धिन मियाँ र सोही ठाउँका २१ वर्षिय सरिफ मियाँ घाईते भएका छन् । मियाँ दोयको टाउकोमा चोट लागेको छ भने तीन टाकां लगाएको इनरुवा अस्पतालले जनाएको छ । पीडित भएका मियाँदोयले भने शरिरको अन्यभागमा पनि चोट लागेको जनाएका छन् । उनीहरुले काममा हिडेको बेला प्रहरीको लाठी लागेको दावि गरेका छन् । उता विहानैदेखी
जिल्ला प्रहरी कार्यालय सुनसरीको आसपास र सुनसरी सदरमुकाम इनरुवाको अवस्था तनाव ग्रस्त बनेको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साँले प्रहरीको हिरासत भित्रै आत्महत्या गरेपछि पीडितका आफन्तले इनरुवा बजार सहित आसपास क्षेत्रमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
ठूलो संख्यामा आएको पीडितको आफन्तहरुको भीडले प्रहरीमाथि नै आक्रमण थालेपछि दोहोरो झडप समेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् भने इनरुवा बजार समेत बन्द गरेको छ । प्रहरीले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने सुनसरीका प्रहरी नायव उपरीक्षक संजय सिंह थापाले बताउनुभयो ।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति गर्न खोजेको अरोप लगाएका छन् । केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको मृत्तक हकिमका आफन्तहरुले बताएका छन् । आन्दोलनमा उत्रिएका पीडितका आफन्तहरुले महिला प्रहरी माथि समेत अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनापछि मृतकका बुवा फुल मोहमदले छोराको लाश बुझ्ने र पोष्ट मार्टमको रिर्पोट अनुसार न्यया पाउने अपेक्षा गर्दै आन्दोलनमा उत्रेकाहरुलाई सम्यमित हुन अपिल गर्नुभएको छ । फुलमोहमदले छोराको मृत्यु भईसकेकोले आन्दोलन गरेर ज्यान फिर्ता नहुने भएकाले आन्दोलन, चक्काजाम, तोडफोड र आक्रमण तथा आगजनी नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

यसैबीच इनरुवा ९ बबियाको विष्णु शर्माको घरमा आन्दोकारीहरुले आगजगनी गरेका छन् । भोक्राहा नरसिंह ५ का मुस्लिम युवाहरुले शर्माको घरमा भोक्राहा नरसिंह गाउँपालिका ५ का युवाहरुले आगजगनी गरेका छन् । सयौंका संख्यामा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का युवाहरुले आगजगनी गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप तैनाथी र दुहवीको दमकलले नियन्त्रण लिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
सोही आगो नियन्त्रण गर्न गएको इनरुवा ९ का ४५ वर्षिय दयान्दन खत्वेलाई पनि आन्दोलनकारी युवाहरुले भाटोले हानेर गम्भिर घाईते बनाईदिएको छ । पीडित खत्वेको इनरुवा अस्पतालमा उपचार भईरहेको छ । खत्वेको टाउँकोमा सात टाका लगाएको छ भने हात काटिएकोमा सिलाई गरिएको छ । मृतकको शव पोष्ट मार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

१, सुनसरीको इनरुवामा थुनुवा आत्महत्याको घटना पछि आन्दोलनमा उत्रेका मध्ये हरिनगर गाउँपालिका १ रामनगरभुटाहाका २४ वर्षिय कलामुद्धिन मियाँ र सोही ठाउँका २१ वर्षिय सरिफ मियाँ घाईते भई इनरुवा अस्पतालमा उपचार गराउदै ।

२ , सुनसरीको इनरुवा नगरपालिका ९ बबियाका ४५ वर्षिय दयान्दन खत्वेलाई पनि आन्दोलनकारी युवाहरुले भाटोले हानेर गम्भिर घाईते पछि इनरुवा अस्पतालमा उपचार गराउदै ।

३, जिल्ला प्रहरी कार्यालय सुनसरीमा आन्दोलनको बारेमा र शव बुझ्ने विषयमा अभिभावक र जनप्रतिािधिसंग वार्ता गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा


४, जिल्ला प्रहरी कार्यालय सुनसरीमा आन्दोलनकारीलाई रोक्ने प्रयास स्वरुप सुरक्षा दिदै प्रहरी ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा