देवानगंज काग्रेंसीको फोहरी चरित्र, फोहर ब्यवस्थापन कस्ले गर्ने ? – Nagarikabhiyan : National News

देवानगंज काग्रेंसीको फोहरी चरित्र, फोहर ब्यवस्थापन कस्ले गर्ने ?

देवानगंज । देशको सबै भन्दा पुरानो पार्टी नेपाली काग्रेंसको फोहोरी चरित्र व्यक्तिदेखी उनीहरुको व्यवहारसम्म देखिएको छ । जति उमेर पाको हुदैजान्छ त्यती नै सुर्धिनुपर्नेमा नेपाली काग्रेंसीहरु गैरजिम्मेबार बन्ने र चरित्र फोहोरी देखाउने गरिएको गुनासो आएको छ । यसै मध्येको एउटा गुनासो हो सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा शुक्रवार भएको पार्टीका नेताकार्यकर्ताहरुलाई सम्मान कार्यक्रमको ।

नेपाली काग्रेस देवानगञ्जले १४ औं माहाधिवेशनको गाउँ समितिबाट निर्वाचित प्रतिनिधिहरुको लागि सम्मान तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएकोमा उसले आफ्नो चरित्र सम्मान कार्यक्रममा पनि देखाएको छ । कुनै पनि कार्यक्रम गर्दा सरसफाई गर्नुपर्ने, कार्यक्रमलाई आकर्षक बनाउनुपर्ने र सकिएपनि जिम्मेबार भएर इम्मान्दारीपूर्वक सरसफाई गरि कार्यक्रमबाट उत्पन्न फोहोरलाई विर्सजन गर्नुपर्नेमा पशु झै खाएर जहाँ त्यही फालेकाले देवानगञ्जका स्थानीयले काग्रेंसीहरुलाई फोहोरी चरित्रको संज्ञा दिएको छ ।
जव कि कार्यक्रमा नेपाली काँग्रसेका जिल्ला देखि केन्द्रसम्मका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रमको प्रमुख अथितिको रुपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गछदार रहेको थिायो । तर सोही कार्यक्रम सकिएपछि फोहरी अवस्था देखिएकाले र कार्यक्रम आयोजना गरिएको ठाउँमा कार्यकर्ताले जथाभावी गरेको फोहर उडेर स्थानीयको घर र बाटोमा आएकाले गुनासो मिडियासम्म आएको हो । सोही गुनासो अधारमा नागरिक अभियानकर्मी पुग्दा सच्चै जहाँत्यही फ्याकिएको फोहोर र खाएर फ्याकेको प्लास्टिकको थाल यत्रतत्र त्यसतै देखिएको कैद गरिएको छ । कार्यक्रम आयोजना गरिएको ठाउँमा रामजानकी  मन्दिर रहेको छ । तर काग्रेंसी फोहरले मन्दिर नै दुगन्धीत बनेको हेर्न सकिन्छ ।

नेपाली काँग्रेसको कार्यकताको लागि कार्यक्रम स्थलमा नास्ता खाजाको ब्यवस्था गरिएको थियो तर सोही नास्ताखाईसके पछि पात, प्लास्टीकको थाल र ग्लास त्यतिकै फालिएको भिडियोमा प्रष्ट देखिन्छ । कुरा आयो यो फोहर कले ब्यवस्थापन गर्ने ? नेपाली काग्रसेको कार्यक्रममा पूर्व मन्त्री देखि विद्धवान व्यत्तीव्यहरुको सहभागिता रहेको भएपनि कार्यक्रममा उत्पन्न फोहोर व्यस्थापनको जिम्मा लिनुपर्नेमा वेवास्ता गरेको गाउँलेको गुनासो छ । त्यसैले नैतिकताको आधारमा काग्रेंसले आयोजक भएको हैसियतमा सफाई गरि फोहोरी चरित्रबाट जोगिन आवश्यक छ ।