जनता माध्यमिक विद्यालय द्वारा छात्रवृत्ति वितरण
२३ आश्विन २०७८, शनिबार ०९:५८
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक विद्यालयले शुक्रबार छात्रवृत्ति वितरण गरेको छ। बिद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्म का दलित छात्र र छात्रा सबैलाई रु. ४०० का दरले छात्रवृत्ति वितरण गरिएको हो।
देवानगंज गाउँपालिका को सहयोग मा १ सय ७१ जना छात्र छात्रा लाई बिद्यालयले कुल ६४ हजार ४०० सय रुपैया वितरण गरेको बिद्यालयका प्रधानाध्यापक राजकुमार मेहता ले बताउनुभयो । दलित, अति सिमान्तकृत, अपाङ्ग परिवारका बिद्यार्थी तथा जेहनदार बिद्यार्थीहरु लाई छात्रवृत्ति दिने निती अनुसार छात्रवृत्ति वितरण गरिएको हो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा बिद्यालय का सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका सदस्य, सल्लाहकार समिति का संयोजक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो। यस अघिपनि बिद्यालयले छात्रवृत्ति वितरण गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया