अवैध चाँदीका गरगहना सहित एक ब्यक्ति पक्राउ – Nagarikabhiyan : National News

अवैध चाँदीका गरगहना सहित एक ब्यक्ति पक्राउ

राजविराज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह चौकबाट अवैध चाँदीका गरगहना सहित एक ब्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ रङगेली नगरपालिका वडा नं.९ बस्ने २६ बर्षीयको उमेश बि.कलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
उनको साथबाट रु छ लाख साठ्ठी हजार मुल्य बराबरको चाँदीका गरगहनाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
अबैध रुपमा बोकी ल्याई रहेको चाँदीको ८८ पिस सादा पाउँजु २७ पिस जेन्स ब्रासलेट, ३ पिस लेडिज ब्रास्लेट, ३० पिस झालर पाउँजु, ६२ पिस बच्चाको पाउँजु , ७२ पिस सिकडि र २८ पिस बच्चाको चुड्डा जम्मा ७ केजी तौल लगायतका गरगहाना प्रहरीले उनलाई पक्राउ गरेका प्रहरीले जनाएको छ ।
यता बरामद गरिएका अवैध चाँन्दीका गरगहनाासहित आवश्यक कारवाहीको लागी सामान सहित उनलाई आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबिच दशै सुरु भए संगै सप्तरी प्रहरीले सुरक्षा ब्यवस्था कडा पारिएको छ ।