जसपा नेपालको हरिनगर गाउँपालिकामा वडा कमिटि गठन – Nagarikabhiyan : National News

जसपा नेपालको हरिनगर गाउँपालिकामा वडा कमिटि गठन

हरिनगर । जनता समाजवादी पार्टी नेपालले हरिनगर गाउँपालिकामा संगठन विस्तार गरेको छ । शुक्रबार जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँ कमिटिले वाड नम्बर ७ मा वडा स्तरिय कमिटि गठन गरी संगठन विस्तार गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।

हरिनगर गाउँपालिका ७ मा जसपा नेपालले कपिल शरदारको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरी वडा स्तरीय वडा कमिटि गठन गरेको छ । त्यसैगरी उपाध्यक्षमा अहसान खाँ र अनिल साह, सचिवमा मुकेश साह र मोजम्मिल खाँ, कोषाअध्यक्ष मा फुलो देवी सरदार सर्वसहमतिबाट चयन भएका हुन् ।

साथै सात सदस्य दलित समिति पनि गठन भएको छ । जसमा अधयक्ष राजकुमार उँराव, उपाअधयक्ष इनजु देवी शरदार, सचिव अमोद शरदार, कोषाअधयक्ष पातो देवी शरदार चयन भएका छन् । जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका कमिटिको आयोजनामा कमिटि विस्तार गरिएको हो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सदस्य खालिद हकले अगामी निर्वाचनमा हरिनगरका सबै वडा लगायत प्रदेश र केन्द्रका सबै जसपाका उम्मेदवारहरुलाई विजयी गराउने लक्ष्य लिइ अहिले देखी अहिले देखी लागिपरेको बताए । जसपा नेपालबाट गाउँपालिकाध्यक्ष पदमा गत निर्वाचन जिताउन असफल भएकोले अगामी निर्वाचनमा सबै पालिकाको अध्यक्ष सहित सबै वडामा जसपाका उम्मेदवारहरुलाई जिताउने अठोत लिइ अहिलेदेखी पार्टीको कामलाई अघि सार्दै जसपालाई मजबुत बनाउने कार्यमा जुटेको उनले बताए ।

त्यसैगरी जसपा नेपाल हरिनगरका अध्यक्ष धर्मबिर आर्यले पार्टीको सुदृढिकरण गर्दै पालिकाकाको सबै वडा र साविकको वडाहरुमा कमिटि विस्तार गर्ने क्रममा हरिनगर गाउँपालिका वडा नं। ७ मा कमिटि विस्तार गरिएको हो । संगठन मजबुत भए आगामि चुनाव मा गाउँपालिका अध्यक्ष का साथै सबै वाड मा जसपा नेपाल का उमेदवार बिजय हुने निस्चित रहेको उनले बताए । जसपा पार्टीलाई मजबुत गर्ने कार्य अन्र्तगत वडा तहबाटै कमिटि विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको समेत उनले बताए । हरिनगरमा जसपाको संगठनलाई बलियो बनाउने अभियान अन्र्तगत वडा–वडामा कमिटि विस्तार गरी हरिनगरको पहिलो पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको मेहताले बताए ।

जसपा नेपाल जिल्ला अध्यक्ष भगिरत खतवेले जसपामा आवद्ध भएका व्यक्तिहरुलाई पार्टी सम्वन्धी प्रशिक्षण दिई अगामी रणनीति तय गर्ने उनले बताए । साविकको सबै वडामा कमिटि विस्तार गरी भेला बोलाई पार्टीको ठोस नीति र योजना बनाई अगाडि बढ्ने खतवेले बताउँदै जसपामा आउने चाहने व्यक्तिहरुलाई स्वागत गरी पार्टीको जिम्मेवारी दिई काम गर्नका लागि अवसर प्रदान गर्ने समेत उनले बताए ।

उक्त कार्यक्रम मा प्रदेश सदस्य तथा सुज अभियानका क्षेत्र नं ४ ख को संयोजक मनोज यादव, जिल्ला सदस्य तथा सुज अभियान हरिनगर गाउँपालिका संयोजक विकाश यादव, देवानगंज गाउँपालिका जसपा नेपाल अध्यक्ष बेचन मेहता, देवानगंज गाउँपालिका वाड नं ३ का अध्यक्ष अनिल भगत, प्रदेश सदस्य राकेश मेहता, जिल्ला सदस्य अशोक यादव, जिल्ला सदस्य नजाम अंसारी, डा। मुख्तार अंसारी लगायत को उपस्थिति रहेको थियो ।  साथै स्थानिय, महिला, समाज सेवी, बुद्दिजिवि, लगायत ३५० जनाको उपस्थिति रहेको थियो।