कटैया कुशाहा १३२ के.भी. प्रसारण लाईन आयोजनाको घिसिङद्धारा निरिक्षण – Nagarikabhiyan : National News

कटैया कुशाहा १३२ के.भी. प्रसारण लाईन आयोजनाको घिसिङद्धारा निरिक्षण

इनरुवा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरीको विभिन्न सव स्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । बीहिबार घिसिङले सुनसरीको इनरुवा सव स्टेसन, भोक्राहा स्वस्टेसन , कुशाहा सवस्टेसन तथा नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रको कार्यालय समेतको पुगेर अनुगमन तथा निरीक्षण गर्नुभएको हो । घिसिगंले नेपालको ऊर्जा क्षेत्रको उचाइलाई अझै माथि उठाउने गरी काम गर्ने चरणमा रहेकाले निर्माणधिन नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना (हेटौडा–ढल्केवर–दुहवी४०० के.भी.प्रसारण लाईन आयोजना)को काम समयमा सक्न निर्देशन दिनुभयो ।

त्यसैगरी कटैया कुशाहा (इनरुवा)– विराटनगर १३२ के.भी. प्रसारण लाईन आयोजना, कुशाहा १३२।११ केभी सव स्टेसन समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाको काम छिटो सक्नका लागि ठेकेदार कम्पनीलाई आग्रह गर्दै आयोजना प्रमुखलाई पनि त्यसमा ध्यान दिन निर्देशन दिनुभयो । घिसिङले कुशाहा (इनरुवा)– विराटनगर १३२ के.भी. प्रसारण लाईन आयोजनाको कुशाहामा निर्माण भईरहेको काममा समेत तिव्रता दिन आग्रह गर्नुभयो ।

एता नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रमा विधुत भोल्टेज समस्या भएको र चुहावट रहेकाले त्यसमा नियन्त्रण गर्न निर्देशन दिनुभयो । घिसिङले निरिक्षणका क्रममा देखिएको समस्या र कमिकम्जोरीलाई न्युनिकरण गर्दै सामाधान खोज्न आग्रह गर्दै भईरहेको प्रयासमा छिटो छरितो गर्न निर्देशन दिनुभयो । इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले दुहवी ३३ केभी लाईनको कारणले भोल्टेस समस्या भएको र ठूलो क्षेत्र भएकाले चुहाव रहेको रिर्पोटिं वहाँलाई गरेपछि त्यसमा सुधार गर्न समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो ।
उता कुशाहा सव स्टेसेनमा भइरहेको काममा सुस्तता रहेकाले तिव्रता दिन आग्रह गर्नुभयो । अनुगमनको क्रममा ठेक्केदार सुलेमान मंसुरीले प्रगति विवरण सुनाउनुभएको थियो । मंसुरीले देखाएको प्रगतिमा ३० वटा ट्रान्फर्मर सहित टावरको कुरा उल्लेख रहेको थियो । घिसिगंले अहिले अवस्थामा भएको काम केही सन्तोशजन भएपनि यसमा तिव्रता दिन आग्रह गर्नुभयो । कुशहामा नयाँ भवन सहित नयाँ निर्माणको काम भईरहेकाले त्यसमा तिव्रता दिदै गुणस्तरमा पनि ख्याल गर्न निर्देशन दिनुभयो । अनुगमनको क्रममा काम छिटो सक्नका लागि निर्देशन दिएको ठेक्केदार सुलेमान मंसुरीले बताउनुभयो ।

प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेकाले छिटो निर्माणको काम सक्न ठेकेदार र प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने आफ्नो योजना रहेको र सोही क्रममा आयोजनाहरुको स्थलगत रुपमा नै अनुगमन तथा निरीक्षण गरेको बतानुभयो । घिसिङले विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत आपुर्ति गर्ने काममा आफू निरन्तर लागिपरेको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले संचालन तथा उत्पादन गरेको जलविद्युत क्षमता ग्रिडमा जोडीएको ५७७.३९ मेगावाट र ग्रिडमा नजोडिएको ४.५४ मेगावाट गरी कुल जलविद्युत क्षमता ५८१.९३ मेगावाट रहेको छ । थर्मल विद्युत ५३.४१ मेगावाट, सोलार विद्युत १.३५ मेगावाट गरी नेपाल विद्युत प्राधिकरणबाट उत्पादित विद्युत ६३६.६९ मेगावाट रहेको छ । निजि क्षेत्रको विद्युत ७१२.०५ मेगावाट गरी नेपालमा १३४८.७४ मेगा.वाड विद्युत उत्पादन भएको छ । मुलुकमा उच्च विद्युत माग भएको अबस्थाको माग १४१० मे.वा. रहेको छ । मुलुकको करिब ८६.४४ प्रतिशत विद्युतीकरण कार्य गर्न सफल प्राधिकरणले मुलुकभर रहेका वितरण केन्द्रहरुमार्फत झण्डै ४८ लाख ग्राहकहरुलाई विद्युत सेवा प्रवाह गर्दै आइरहेको छ ।

दोस्रो पटक निर्देशक बनेकोले घिसिङले आफू इमान्दारिपूर्वक काम गरेको र यस काममा सहयोग गर्न मातहतका अधिकारी तथा कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । वहाँले सरकारले दिएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएकाले तल्लो तहसम्म पनि त्यसको असर देखिनुपर्ने भएकाले कर्मचारीहरुलाई छिटो छरितो काम गर्न निर्देशन समेत दिनुभयो ।