राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता – Nagarikabhiyan : National News

राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग मन्त्रालय बाँडफाँडको विषयमा सहमतिपछि देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका थिए ।

देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् । देउवा मन्त्रिपरिषद् विस्तारभन्दा पहिले राष्ट्रपति भण्डारीसँग छलफल गरेर फर्किएका हुन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान वार्ता भएको हो। मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भए पनि मन्त्रीहरुको नाम भने नबुझाइएको उनले बताए । देउवाको सचिवालयले पनि राष्ट्रपतिसँग नियमित भेटघाट मात्रै भएको दाबी गरेको छ ।