घट्स्थापना को अवसर पारेर घुस्कीमा कलश यात्रा सम्पन्न
२१ आश्विन २०७८, बिहीबार १७:११
देवानगंज । सुनसरीको हरिनगर गाउँपालिका ६ घुस्कीमा रहेको श्री नवदुर्गा भगवति मन्दिरमा बिहिबार घटश थापना को अवसर मा कलश यात्रा सम्पन्न भएको छ । मन्दिर समितिले दशैको घट्स्थापना लाई लक्ष्ति गरि कलश यात्रा निकालिएको हो । हरिनगर गाउँपालिका वडा नं ६, ७, र ५ बाट स्थानीय भक्तजन तथा महिलाहरु कलश भर्न नजिकैको सुरसेर खोला गएको र त्यहाँबाट कलसमा जल भरेर कलश यात्रीहरु मन्दिरमा कलश स्थापन गरेका छन् । तिन सय एकावन्न जनाको संख्यामा कलसमा जल भरेर मन्दिर ल्याएको मन्दिर व्यवस्थापन समितिका अध्य महेनदर साहले जानकारी दिनुभयो ।

कलश यात्रा को उद्घाटन हरिनगर गाउँपालिका का उपाध्यक्ष रिमझिम भगत ले गरेका थिए साथै कलश यात्री लाई टिका लगाई स्वागत समेत गरेका थिए ।
उक्त कलश यात्रामा धर्म प्रेमी, समाज सेवी, ब्यपारी, तथा बिभिन्न राजनितिक दलमा आबद्य व्यक्तिका साथै स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया