उत्तर र दक्षिण कोरियाबीचको हटलाइन फेरि सुरु
१८ आश्विन २०७८, सोमबार १५:०८
एजेन्सी । सीमा पार हटलाइन काटेको महिनौंपछि उत्तरकारियाले दक्षिण कोरियासँगको सम्बन्धलाई पुनः सुरु गरेको छ । उत्तर कोरियाका शासक किम जोन उनले दक्षिणसँग हटलाइन पुनः सुरु गर्न चाहेको बताएको केही समयपछि सशर्त रुपमा बहाल गरेका छन् ।
तर, प्योङयाङले हटलाइन पुन सुरु गर्ने काम दक्षिण कोरियाली अधिकारीहरुको रवैयामा भर पर्ने जनाएको छ । सोमबार बिहान दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दुबै कोरियाका अधिकारीहरुले अगष्टपछि पहिलोपटक फोन संवाद गरेका बीबीसीले जनाएको छ ।
उत्तर कोरियाले पछिल्लो समय सैन्य परीक्षणमा तिव्रता दिएको छ । एक महिना भन्दा कम समयमा उसले ४ मिसाइल परीक्षण गरेको छ। यसबाट उत्तर सैन्य विकासलाई कम गर्ने पक्षमा नरहेको देखिएको बीबीसीले उल्लेख गरेको छ । दुई देशबीचको हटलाइन सेवा कयौंपटक काटिने र बहाल गरिने हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया