केशीटप्पुको माकुनाको मृत्यु
१७ आश्विन २०७८, आईतवार १२:०५
इनरुवा । कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेर आतंक मच्चाउदै आएको जंगली हात्ती माकुनाको मृत्यु भएको छ । आईतबार विहान आरक्षको पूर्वी तटबन्ध नजिकै विधुतिय तारमा करेण्ट लागेर माकुनाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । आरक्षमा रहेको हात्तीसारको हात्तीको प्रजननको साथी समेत रहेको मकुनाको मृत्युले आरक्ष प्रशासन चिन्तित बनेको छ । कोशी टप्पुध लर्नीङ ग्राउन्डको अध्यक्ष राजकुमार सिंहले कोशी टप्पुमा माकुनाको मृत्युुको खबरले दुखि बनाएको बताउनुभयो ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा आईतबार माकुना जङ्गली हात्ती मृत फेला परेको सिंहले बताउनुभयो । हात्तीसार स्थित अक्वा रिसोर्ट देखि ३०० सयमिटर उत्तर, बाधको पूर्वपट्टी पटेरमा हात्ती मृत भेटिएको सिंहले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षको नजीकै रहेको गाउँघर र धान, उखु खेतमा बिजुलीको तार जोडिएकोले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
हात्तीको शरिरको अन्य भागमा चोटपटक नभएको भन्दै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको सिंहले बताउनुभयो । घटनास्थलमा आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अधिकृत अशोक कुमार राम पुगेर माकुना हात्तीको पोष्ट मार्टम गर्ने तयारी गरेको जानकारी दिनुभयो । पशु स्वास्थ्यकर्मीको टोली घटना स्थलमा पुगेको रामले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताउनुभयो । यसअघि पनि माकुना बाहेक छ जंगली हात्तीको करेण्ट लागेर मृत्यु भईसकेको छ ।
जनतालाई आतंक मच्चाउने हात्तीहरुलाई यसअघि सुस्तपार्न २ पटक डार्ट हानेको थियो । आरक्षका प्रमुख रामका अनुसार बराहक्षेत्र नगरपालिकाको चतरा, प्रकाशपुर, मधुवन, कोशी गाउँपालिकाको पश्चिम कुशाहा, हरिपुर र साप्तरीमा एक एक गरी छ जंगली हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया