नागरिकको साथ खोज्दै नेपाल प्रहरी
१६ आश्विन २०७८, शनिबार १९:०२
लौकही । सुनसरीमा नेपाल प्रहरीले शान्ती सुरक्षाका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको जनाएको छ । जिल्लाको ६४ किलोमीटर भारतसंग जोडिएको खुल्ला सीमाना रहेकाले सबै ठाउँमा प्रहरी नपुगेको तर नागरिक सबै स्थानमा रहेकाले अपराध न्यनिकरणका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको जनाएको छ । खुल्ला सिमाको कारण प्रदेश १ का अरु जिल्ला भन्दा सुनसरी जिल्ला सुरक्षा दृष्टिकोणले अति संबेदनसिल मानिएकाले यसमा शान्ती सुरक्षा दिन खटिएको प्रहरीलाई नागरिकको साथ र सहयोग आवश्यक रहेको प्रहरी चौकि श्रीपुरका प्रहरी सहायक निरीक्षक मदन कुमार सिंहले जनाएको छ । सिंहले भारतसंगको खुला सिमाले गर्दा सुनसरीका विभिन्न स्थानमा समयसमयमा आपराधिक गतिविधि पनि हुँदै आएकाले त्यसमा आफू सचेत रहेको बताए । सिमामा पर्याप्त मात्रामा सुरक्षाकर्मी तैनाथ भए पनि आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चुनौतीपूर्ण नै रहेको स्थानीयहरुको गुनासो थियो ।
नजिकिदै गएको नेपालीहरु महान चार्ड दशै , तिहार र छठको अवसरमा प्रहरी चौकी श्रीपुरले आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रहरी चौकि श्रीपुरका प्रहरी सहायक निरीक्षक मदन कुमार सिंहले शान्ति सुरक्षा र असल समाज निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सहायक निरीक्षक सिंहले आपराधिक गतिविधि , लागु औषध नियन्त्रण, शान्ति सुरक्षामा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवी र समाजसेवी लगायतको साथ र सहयोगबाट मात्र सम्भव भएकाले सहयोग र सहकार्यको लागि आग्रह गरे । प्रहरी चौकी श्रीपुरले सीमा अपराध र अन्य आपराधिक गतिविधि निर्मुल पार्नका लागि काम गर्ने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी गाउँपालिका इन्चार्ज मन्टुन यादवले हातहतियार , लागुऔषध, चोरीपैठारी नियन्त्रण गर्न सर्वसाधारणले समेत आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए । सर्वसाधारणले प्रहरीलाई सहयोग गर्नेु र यहाका अधिकान्स स्थानीयको हाट बजार भारतको विरपुर भएकाले जनता माथी व्यवहारिक समस्य बुझ्दिनुपर्ने आग्रह गरेका छन । कार्यक्रममा पुर्व गाविस अध्यक्ष तथा वर्तमान कोशी गाउँपालिका ६ का वडा सदस्य , नेपाली काङ्ग्रेसका गाउँ सभापति राजेन्द्र यादव, नेकपा एमालेका गाउँ कमिटी सदस्य सुरेन्द्र पाठक, नेपालि काङ्ग्रेसका जिल्ला सदस्य ब्रहमदेब मरबेत्ता लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया