एमालेको महायात्रालाई परमादेशले रोक्दैन: नेता भट्टराई – Nagarikabhiyan : National News

एमालेको महायात्रालाई परमादेशले रोक्दैन: नेता भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले एमालेको महायात्रालाई परमादेशले रोक्न नसक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को प्रथम विधान महाधिवेशन ललितपुरस्थित सनराइज सम्मेलन केन्द्र, गोदावरीमा शुरुभए लगत्तै उनले सो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लखेका छन्– ‘परमादेश , अध्यादेश , आदेश केहीले एमालेको महायात्रालाइ रोक्न सक्ने छैन ।’

त्यस्तै उनले सङ्गठित पार्टीको रुपमा एमालेको पुनरोदय हुने विश्वास पनि व्यक्त गरेका छन् ।

उनी भन्छन्– ‘यो महाधिवेशनपस्चात निकट बिगतको तीनवर्षे ठहराव र गतिहीनतालाइ तोडेर सुब्यवस्थित, सुबिचारित र सुसङ्गठित पार्टीको रुपमा एमालेको पुनरोदय हुनेछ ।’

आजबाट एमालेको प्रथम विधान महाधिवेशन शुरु भएको छ । यतिवेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।