राष्ट्रिय सभामा एमाले सांसदहरुको अवरोध – Nagarikabhiyan : National News

राष्ट्रिय सभामा एमाले सांसदहरुको अवरोध

काठमाडौँ ।  शुक्रबार राष्ट्रिय सभा बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राखेको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने बताएका थिए ।

उनले यसो भनेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए, तर एमाले सांसदहरुले बिरोध जारी राखे । त्यसपछि उनले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए । बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।