राष्ट्रिय सभा बैठक आज बस्दै, बजेटसम्बन्धी दुई विधेयक पेश हुने – Nagarikabhiyan : National News

राष्ट्रिय सभा बैठक आज बस्दै, बजेटसम्बन्धी दुई विधेयक पेश हुने

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने कार्यसूची तय भएको छ ।

यी विधेयक प्रतिनिधि सभाबाट बिहीबार पारित भइसकेका छन् । विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुण विधेयकलगायत विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।