प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित
७ आश्विन २०७८, बिहीबार १६:१६
काठमाडौं । प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन् ।
बिहीबार बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वेल घेराउ गरेर नाराबाजी जारी राखे पनि सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका थिए।
प्रतिनिधिसभाले यसअघि विनियोजन विधेयक २०७८ पारित गरिसकेको छ । सो विधेयक बिहीबार राष्ट्रियसभाबाटसमेत पारित भइसकेको छ ।
राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रवार ११ बजे बस्नेछ।
प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित तीनवटै विधेयक बहुमतले पारित गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया