NPSS र NPSA विश्व फार्मासिस्ट दिवस -२०२१ को तयारीमा काम गर्दै
७ आश्विन २०७८, बिहीबार १६:०५
देवानगंज । नेपाल फार्मेसी स्टुडेन्ट्स सोसाइटी (एनपीएसएस) औषधि संस्थान (IOM), महाराजगञ्ज मेडिकल क्याम्पस (MMC), काठमाडौंमा अबस्थित एक आधिकारिक, स्वायत्त, गैर-नाफामुखी, र गैर राजनीतिक संस्था हो र २००२ मा स्थापना भएको थियो। जसमा फार्मेसी विद्यार्थीहरू बीच सक्रिय नेतृत्व र समन्वय मार्फत फार्मेसी पेशा र समाजमा योगदान पुर्याउने अभिप्राय थियो। ।
नेपाल फार्मेसी स्टुडेन्ट्स एसोसिएशन (एनपीएसए), नेपालको फार्मेसी विद्यार्थीहरूको एक अधिकृत, गैर राजनैतिक र गैर-लाभदायक संघ हो र यसले नेपालका सबै फार्मेसी विद्यार्थीहरूलाई सम्बोधन गर्न स्थापित भएको थियो, जुन अन्तर्राष्ट्रिय फार्मास्यूटिकल स्टुडेन्ट्स फेडरेशनको पूर्ण सदस्य हो। (IPSF) नेपाल फार्मेसी स्टुडेन्ट्स सोसाइटी (NPSS) का अध्यक्ष श्री सागर पौडेलका अनुसार यश बर्ष पनि अन्लाईन बाटै विश्व फार्मासिस्ट दिवस मनाइने भयेको छ।
फार्मासिस्टको महत्त्वपूर्ण भूमिकालाई बढावा दिन र प्रोफेशन-सम्बन्धित समस्याको कुनै पनि किसिमको समस्या समाधान गर्न फार्मेसी विद्यार्थीहरु बीच एउटा मञ्च सिर्जना गर्न विभिन्न कार्यक्रमहरू योजना गरिएको छ। Online Poster Competition (अनलाइन पोष्टर प्रतियोगिता): विद्यार्थी ले पोस्टर , बनायेर , अथवा यश बर्ष को विश्व फार्मासिस्ट दिवस को थिम “फार्मेसी : अल्वयेज ट्रस्टेड फर योर हेल्थ” लाइ सृजनात्मक ढंग बाट प्रस्तुत गर्न सक्नेछन्।
साहित्य प्रतियोगिता: विद्यार्थी ले लिखित रुप मा फर्मेसी पेसा लाई लछित्त गरेर बुझाइयेको कबिता , निबन्ध आदि बाट एक जना लाई बिजेता बनाइने छ। ३ गिव अवेए : गिव अवेए post लाई लाइक शेयर गरि ३ जना सथी लाई कमेन्ट बक्स मा मेन्सन गर्ने एक जना विजेतालाई रु ५०० (मोबाइल टॉप-अप/ई-सेवा स्थानान्तरण) प्रदान गरिनेछ। यस्का लागि NPSS को औपचारिक पेज लाई पनि लाइक गर्नु पर्ने हुन्छ । पुरस्कार : पोष्टर प्रतियोगिता, साहित्य प्रतियोगिता र गिभ अवे , तीन वटै प्रतियोगिता का बिजेता लाई रु ५०० प्रधान गरिने छ। सबै प्रतियोगिता का आवेदन सनिवार रात्री सम्म मान्य हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया