पोखरीमा डुवेर तीन बालिकासहित चार जनाको मृत्यु
६ आश्विन २०७८, बुधबार २०:१०
राजविराज । सप्तरीमा दुई दिनको अवधिमा छुटा छुटै स्थानमा डुवेर तीन बालिका सहित चार जनाको ज्यान गएको छ ।
पछिलो बुधबार सप्तरीको महदेवा गाउँपालिका २ अकबरपुरको पोखरीमा डुवेर एक बालिकाको ज्यान गएको छ ।
स्थानिय रामचरित्र मंडलको ५ बर्षीय छोरी सिवानी मंडल घर नजिकै रहेको पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएकबो छ । नुहाउने क्रममा उनी पोखरीमा डुबेको स्थानियबासीले जनाएको छ ।
यस्तै जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.२ लौनियास्थित नहरमा डुवेर स्थानिय भतो मंसुरीको १२ बर्षीय छोरी सबना खातुनको मृत्यु भएको छ । नहरमा कपडा धुने क्रममा उनी पानीमा डुबेका थिए ।
सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीको अन्दाजी ३ बर्षिया छोरी एलिजा कुमारी चौधरीको समेत आफ्नै घर नजिक पोखरीमा डुवेर मृत्यु भएका छन ।
निजको आफ्नै काका राम कुमार चौधरीले पोखरीमा डुवेको देखेपछि स्थानियको सहयोगमा उपचारको लागी सप्तऋषी अस्पताल लहान तर्फ लैजादा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीकै महादेवा गाउँपालिका ४ परसाही टोलमा सार्वजनिक पोखरीमा डुवेर स्थानिय अमृत सदाको ३० बर्षीया (अविबाहित) छोरी लक्षन कुमारी सदाको मृत्यु भएको छ ।
पोखरीमा भाँडा मस्काउन जाँदा छारे रोग भई पानी देखि अचानक लडेपछि उनी डुवेका थिए ।
शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा राखिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया