२४ घण्टामा थपिए १०९५ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु
४ आश्विन २०७८, सोमबार १६:५४
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ नमूना परीक्षणमध्ये ९७५ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ७४ हजार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ । हाल मुलुकभर २२ हजार ३२३ सक्रिय संक्रमित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया