काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि लगाइने – Nagarikabhiyan : National News

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि लगाइने

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा काठमाडौंमा सोमबारदेखि लगाइने भएको छ।

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट असोज ४ देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो।

खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ।