नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो – Nagarikabhiyan : National News

नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो

काठमाडौं । देशमा थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ४ सय ६३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् ।