बालमैत्री नगर घोषणामा योगदान गरेको भन्दै पत्रकारलाई सम्मान – Nagarikabhiyan : National News

बालमैत्री नगर घोषणामा योगदान गरेको भन्दै पत्रकारलाई सम्मान

सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो नगरलाई जिल्लाको पहिलो बालमैत्री नगर घोषणा गर्नमा योगदान गरेको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरिएको छ ।
म्ांगलबार बालमैत्री नगर घोषणा समारोहमा नगर प्रमुख जयप्रकाश चौधरीले पत्रकार यादवलाई प्रसंसा पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । चौधरीले पत्रकार यादव सहित रामधुनी खबरका सुनील चौधरी, पत्रकार धिरेन्द्र चौधरी, निसान चौधरी, खगेन्द्र विक, शिशिर भट्टराई, प्रदिप चौधरी र सुमन भट्टराई सहित ८ जनालाई सम्मान गर्नुभएको छ ।
त्यसैगरी बालमैत्र नगर बनाउन सुरु देखी नै योगदान गर्ने योजना तथा सामाजिक शाखा प्रमुख हर्षलाल चौधरी, प्रमुख प्रशासयिक अधिकृत ओमकार न्यौपाने, शिक्षा शाखा प्रमुख राजन गेलाल, स्वास्थ्य शाखाका नगेन्द्र पौडेल, कोकनकी मन्जिता उपाध्याय, अधिकारकर्मी श्रवण मण्डल, विष्णु चौवे, रविन ठाकुर, अमन ढुंगेल सहित कार्यालयका सबै शाखा प्रमुखलाई सम्मान गरेको छ ।