नवलपरासीमा कांग्रेस आन्दोलित, सरकारविरुद्ध नाराबाजी, भ्रष्टाचारीलाई कारबाहीको माग
१४ असार २०७७, आईतवार १८:२६
परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीले सदरमुकाम परासीमा सरकार विरोधी गरेको छ ।
नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाम परासीमा बिरोध प्रदर्शन गरेको हो ।
सरकार विरोधी विभिन्न नारा लगाउँदै पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसल जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोण सभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजीसँगै कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया