रामधुनी ९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिए – Nagarikabhiyan : National News

रामधुनी ९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिए

सुनसरीको रामधुनी नगरपालिकाले भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्री स्थानीय शासन नगर घोषणाको तयारी गरेको पूर्व सन्ध्यामा रामधुनी ९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । विहीबार डुम्राहामा एक समारोहका बीच नगर प्रमुख जयप्रका श चौधरीले रामधुनी नगरपालिका ९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो । नगर प्रमुख चौधरीले रामधुनी ९ नम्बर वडालाई बालमैत्री स्थानीय साशन, बालविवाह र बालश्रम मुक्त वडा घोषणा गर्नुभयो । रामधुनीमा रहेको ९ वटै वडामा घोषणा कार्यक्रम सकिएकाले रामधुनी नगरलाई बालमैत्री नगर घोषणा गर्ने बताउनुभयो । यस अघि जिल्ला स्तरीय अनुगमन समितिले रामधुनी नगरलाई बालमैत्री घोषणा गर्न स्वीकृति प्रदान गरिएको थियो । बालमैत्रीको आवश्यक सुचक पुरा गरेको तथा मापदण्ड पुगेको मुल्याङ्कन हुदा जिल्ला समन्वय समितिको उपप्रमुख तथा जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक कृष्णमाया बि.क.ले घोषणा गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
बालमैत्री घोषणा कार्यक्रममा रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरीले बालमैत्री घोषणामा योगदान गर्ने एक सय ५० जनालाई सम्मान गर्नुभयो । कार्यक्रममा बालमैत्री सम्र्पक व्यक्ति विजय चौधरी, अधिकारकर्मी पुष्प भट्टराई, दयालाल चौधरी, वडा सदस्य पुष्पलाल चौधरी, योगेन्द्र खड्का, रामधुनी ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेत सहितको उपस्थिती रहेको थियो ।
जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.को संयोजकत्वमा नगरप्रमुख जयप्रकाश चौधरी, जिल्ला समन्वय समितिकी सदस्य अहिल्या देवी मेहता, नगर सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, बालहेल्प डेक्सका अमन ढुंगेल, नमुनाबाल सञ्जालका अध्यक्ष सुगम झा, सचिव छवि रमण दाहाल लगायतको सहभागीतामा अनुमगन गरेको थियो ।
वडामा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता अन्तर्गतको सुचकमा पुरा भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्दैशिका, २०७८ अनुसारको सुचकहरु पुरा भएको र बालमैत्रीकालागी व्यवहारिक पक्षलाई दर्शाउने कागजात पुगेको अवस्थालाई हेर्दै सबै वडा घोषणा भएको नगरलाई पनि घोषणा गर्न अनुमती प्रदान भएको नगर बाल सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिनुभयो ।
स्थानीयतहमा बालअधिकार सुनिश्चित गर्न ल्याएको शासकीय अवधाणाको मुख्य आधारको चार पक्ष बाल बचाउ बाल संरक्षण, बाल विकास र अर्थपुर्ण बाल सहभागिता अन्तर्गतको सुचकमा वडाहरुमा कार्यन्वयन भएको पाएको छ । सुचकको कार्यन्वयन र मापदण्डमा रामधुनी १ देखी ९ नम्बर वडाले बालमैत्री घोषणका लागी विधालयमा बालमैत्री कृयाकलापको अवस्थाको मापदण्ड पुरा गरेको, वडा बाल संजालका पदाधिकारीहरुसंगको छलफलबाट बालमैत्री कार्यहरु गरेको स्थिती रहेको, बालबालिका समिति कृयाशिल अवस्थामा रहेको लगायत बालबालिकाको लागी वडा कार्यालयले गरेको कार्यक्रमहरु बालमैत्री र व्यवस्थित रहेको अवस्था तथा बालमैत्री दिगोपनकालागी योजना समेत कार्यान्वयनको तयारीे देखिएकोहुदा भदौ २९ गते नगरलाई बालमैत्री नगर घोषणा गर्न जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक बि.क.ले अनुमति स्विकृत प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा बालमैत्री वडाकालागी अबका दिनहरुमा पनि कार्यक्रमहरुलाई प्राथमिक्ता दिदै निरन्तरताका लागी प्रयास गरिरहने वडा अध्यक्ष घनश्याम चौधरीले प्रतिबद्धता गर्नुभयो । वडामा बालमैत्रीको पक्षमा भएको गतिबिधिहरुको कागजात व्यवस्थित गर्न र घोषणासम्मको कार्यमा योगदान गर्नेहरुलाई धन्यवाद दिनुभयो । सबै सरोकारबालाहरु कृयाशिल अवस्थामा रहेको, बाल समिति, बाल सम्पर्क ब्यक्ति र बालमैत्री वडा निरन्तरता योजनामा प्रतिबद्ध रहेको हुदा वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको चौधरीले बताउनुभयो ।
यहाँका सबै सामुदायिक तथा संस्थागत बिद्यायालयले बालमैत्री कृयाकलाप गरेको, बस्तु स्थिती र संरचना बालमैत्री रहेको, समुदाय स्तरीय बालमैत्री योजना सफल रुपले पुरा गरेकोे, बालअधिकार सुनिश्चित गर्न ल्याएको शासकीय अवधाणाको मूख्य आधारको चार पक्षलाई मापदण्ड पुरा गरी बालमैत्री दिर्घकालिन नीति तयारी अवस्थामा रहेकोले वडालाई निशन्देह बालमैत्री वडा घोषण गर्न उपयुक्त ठानेको चौधरीको भनाई रहेको थियो । बालमैत्री वडाका लागी गत वर्षमै मापदण्ड पुरा गरेको अभ्यास रहेको भन्दै घोषणाका लागी लकडाउनले समस्या ल्याएपनि थप कृयाकलाप अंगाल्दै यस बर्ष बालमैत्री वडा घोषणा सफल भएकोमा वडाअध्यक्ष चौधरीले खुसी व्यक्त गर्नुभयो ।