सामूहिक तिज कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

सामूहिक तिज कार्यक्रम सम्पन्न

 

सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक डकर्मी श्रमिक महिलाका लागि सामूहिक तिज कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेलको आयोजना र पहलमा इनरुवामा पहिलो पटक श्रमिक र डकर्मी महिलाहरुसंग सामूहिक तिज कार्यक्रम सम्पन्न गर्नुभएको छ ।पोखरेलले तिज पर्वलाई स्वतन्त्रता, आत्मसम्मान र आदरको उत्सवका रुपमा मनाउनु पर्नेमा विभिन्न क्षेत्रका सरोकारहरुले जोड दिएकोमा आफूले काममा लाग्ने र श्रम प्रति विश्वास गर्ने अनि सम्मान गर्नेहरुका लागि सामूहिक तिज कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । लैंगिक आधारमा हुने सबै खाले विभेदका विरुद्ध निरन्तर काम गर्दै आएको र न्यायको पक्षमा वकालत र न्यायीक समितिमा रहेर काम गरेकाले हरितालिका तिजको अवसर पारेरे आयोजना गरेको ‘तिज विषेश’ कार्यक्रमका सहभागीहरुलाई सम्मान सहित दर खुवाएको जनाएको छ ।कार्यक्रमका वक्ताहरुले यो पर्वलाई सशक्तिकरण, समानता र अनुभव साट्ने उत्सवका रुपमा मनाउन सकिने र मनाउनु पर्ने बताएका हुन् । पोखरेलले पछिल्लो वर्षदेखि तिजको पेरिफेरिमा विशेष संवाद तथा अनुभव साट्ने मञ्चका रुपमा तिज विषेश कार्यक्रम गर्दै आएको बताउनुहुन्छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारणले असर परेको भएपनि नगरमा बुधबार सो कार्यक्रम गरेको हो । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पोखरेलले तिजलाई कुनै एक विशेष धर्म वा समुदायका महिलाको पर्वका रुपमा मात्रै नलिएर महिला पुरुष दुवैको आपसी सम्मान र सद्भावको उत्सवका रुपमा लिनु पर्ने बताइन् । उनले भनिन्, ‘तिजसँग जोडिएर रहेको कतिपय खराब अभ्यासहरु छन्, त्यसलाई बढावा दिनु हुँदैन र त्यस्ता क्रियाकलापहरु निर्मूल गर्नका लागि प्रयास गरिनु पर्छ । तर यो चाडसँग उत्सव, खुशी, सद्भाव आदन प्रदान र व्यक्तिगत स्वतन्त्रताका पक्षहरु जोडिएका छन् । ती कुराहरुलाई उत्सवका रुपमा मनाएर साँस्कृतिक पाटो जोगाउनका लागि पनि भूमिका खेल्नु पर्छ ।’