एमालेले समाजसेवी संस्था बनाउने ओलीको घोषणा – Nagarikabhiyan : National News

एमालेले समाजसेवी संस्था बनाउने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवाका लागि पार्टीले छिट्टै नयाँ संस्था बनाउने घोषणा गरेका छन् ।

मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘ अभरमा परेका जनतालाई निःशुल्क सेवा गर्न सामाजिक सेवा केन्द्र बनाउँदैछौं ।’

पार्टीको मातहतमा रहने यो समाजसेवी संस्थाले विदेशबाट पैसा नल्याई आपतमा परेका जनताको सेवा गर्ने उनले बताए ।