माधव नेपालको पार्टीलाई प्युसो भन्दै ओलीले प्रचण्डलाई छोरीवादी भाई भने
२२ भाद्र २०७८, मंगलवार १४:५७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
उनले पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने,” आफू नेतृत्वको सरकारको स्मरण गर्दै भने, “विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !” उनले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया