एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन, पाँच जना प्रहरी नियन्त्रणमा
२२ भाद्र २०७८, मंगलवार १३:४७
काठमाडौं । एमसीसी खारेज राष्ट्रिय अभियानको आयोजनामा आज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर प्रदर्शन गरिएको छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको हो । पाँच प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया