भोक्राहा नर्सिङ गाउँपालिका ४ मा काग्रेंसको एउटा खेमाले एकलौटी गरेको आरोप
२२ भाद्र २०७८, मंगलवार १०:४४
नेपाली काङ्ग्रेसको चौधौ महाधिवेशनको प्रक्रियामा सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ मा एउटा खेमाले एकलौटी गरेको आरोप बाहिर आएको छ । युवा नेता सेराज हुसेनले आफ्नो फेसबुक बेजमा उल्लेख गरे अनुसार पार्टीको केही व्यक्तिहरुले आफूखुसी सहमतिको खाका तयार गरिएको कारण यहाँका उम्मेदवारहरुले असन्तुष्टी जनाएका छन् । उम्मेदबारहरुले उम्मेदवारी फिर्ता नलिएको भएपनि निर्वाचन अधिकृतलाई दवाव दिएर राती प्रमाणपत्र तयार गरेर दुवै पक्षको प्रमाण पत्र भोक्राहा नर्सिङ ४ का निर्वाचित वडा अध्यक्ष हारुन अन्सारीले लगेको दावी गरिएको छ । हुसेनका अनुसार उक्त प्रमाणपत्र जबर्जस्ती लगेको कुराको बिरोध जनाउदछु भनिएको छ । प्रमाण पत्र लगेको र एकलौटी गरेको विषयमा प्रतिकृया लिन अंसारीलाई मोवाईल नम्बर ९८५२०५४२९४ सम्र्पक गर्दा फोन उठेन । वडामा देउवा र पौडेल खेमाको बीचमा पदाधिकारी चयनमा सहमती भएपनि क्षेत्रिय प्रतिनिधिमा विवाद रहेको एक सदस्यले बताएका छन् । वडामा पार्टीको दुई खेमा बिचमा लामो समयदेखी विवाद रहेको छ भने क्षेत्रीय प्रतिनिधिका लागि चुनाव गर्नुपर्ने र एकलौटी धन्दा बन्द गर्नुपर्ने माग कार्यकर्ताहरुले गरेका छन् । उता नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ६ बाट जमालुद्दिन मन्सुरी वडा कार्य सभापति,उपसभापतिमा बौवालालउराँव , राजकुमार साह,सचिबमा अरुन कुमारसाह, डोमी मन्सुरी र सह–सचिबमा बच्चुलाल उराँव र अमन साह विजय भएको छ । सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पार्टीले व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया