अनेरास्ववियू आक्रोशितः एमसीसी मुर्दावाद भन्दै जलायो गृहमन्त्रीको पुत्ला – Nagarikabhiyan : National News

अनेरास्ववियू आक्रोशितः एमसीसी मुर्दावाद भन्दै जलायो गृहमन्त्रीको पुत्ला

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियू आक्रोशित बनेको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा सोमबार दिउँसो राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएका छन् ।

उनीहरुले गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो ।

दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको भन्दै पराजुलीले आक्रोश पोखका छन् ।

यस्तै उनीहरुले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरे ।