बिराटनगरमा एक युवा मृत अवस्थामा फेला – Nagarikabhiyan : National News

बिराटनगरमा एक युवा मृत अवस्थामा फेला

 बिराटनगर । विराटनगर -१३ डिएभि स्कुल अगाडी एक जना युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी उमेर ३० देखि ३५ वर्ष उमेरका युवा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।

अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरको टोली पुगेर घटनाको मुचुल्का उठाउने काम गरिसकेको छ । शवलाई विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमा गर्न लागिएको छ । मृतक युवाको पहिचान तथा मृत्युको कारणको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।