बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि रणनितिक योजना अध्यावधिक गर्ने – Nagarikabhiyan : National News

बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि रणनितिक योजना अध्यावधिक गर्ने

इनरुवा । सुनसरीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न भएको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विरुद्धको दिवशको अवसर पारेर जिल्ला समितिको बैठक सम्पन्न भएको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्लामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि रणनितिक योजना अध्यावधिक गर्ने निर्णय गरेको छ । बैठकले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि रणनितिक योजना अध्यवधिक गर्ने गरी एक दिने कार्यशाला समेत गर्ने र योजनाको मस्यौदा तयार पार्नका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा मस्यौदा समिति बनाउने निणर्य गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धीको विगतको कानूनको अस्पष्टता र अपर्याप्त प्रावधानले पीडकलाई हाइसन्चो र पीडितलाई थप पीडा भईरहेको गुनासो बढेको बेला जिल्लामा रणनीतिक योजना बनाउने भएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, आनन्द पौडेल , जिल्ला न्याधिवत्ता , प्रहरी उपरीक्षक संजय सिंह थापा , सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेल, रामधुनीका उपप्रमुख सविना चौधरी, नरेन्द्र दाहाल, कोकनका मंजीता उपाध्यय, पुरुषोतम घिमिरे, हेमन्त राज पौडेल, कोषराज न्यौपाने, शान्ती दनुवार, सुनिता कार्की, पत्रकार जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । प्रशासनम आयोजित मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस कार्यक्रमको शुभकामना आदान प्रदान सहित जिल्लाको अवस्थाको बारेमा सहभागी बीचमा छलफल समेत भएको थियो ।