कोरोना संक्रमणको दैनिक वृद्धिमा भारतको नयाँ रेकर्ड – Nagarikabhiyan : National News

कोरोना संक्रमणको दैनिक वृद्धिमा भारतको नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसबाट बिहिबार एकैदिन १८ हजार १ सय बढी संक्रमित भएका छन् । वर्ल्डोमिटरका अनुसार यो संक्रमित हुनेको संख्या भारतमा एकैदिन अहिलेसम्मकै धेरै हो । यसअघि जुन २४ मा सर्वाधिक १६ हजार रहेको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय १ जनाको संक्रमणबाट मृत्यु भएको छ । भारत कोरोनाबाट विश्वमा चौथो धेरै प्रभावित देश हो । एक नम्बरमा अमेरिका ।

भारतमा कोरोनाबाट हालसम्म ४ लाख ९१ हजार संक्रमित भएका छन् भने १५ हजार ३ सय ८ जनाको मृत्यु भैसकेको छ । २ लाख ८५ हजार उपचारपछि निको भएका छन् । १ लाख ९० हजार उपचाररत छन् ।