भारतस्थित नेपाली दूतावास अगाडी चीन बिरुद्ध प्रदर्शन – Nagarikabhiyan : National News

भारतस्थित नेपाली दूतावास अगाडी चीन बिरुद्ध प्रदर्शन

काठमाडौं । भारतस्थित नेपाली दूतावास अगाडी विरोध प्रदर्शन गरिएको छ । भारतको न्युदिल्लीस्थित रहेको नेपाली दूतावास अगाडी नेपाल भारत मैत्री संगठनका सदस्यहरुद्वारा विरोध प्रदर्शन गरिएको हाे ।

विरोध प्रदर्शनका क्रममा ‘Boy Coot Chinese Products’ जस्ता नारा लगाएका थिए । नेपाल भारत मैत्री संगठनका सदस्यहरुले नेपालमा चीनको आपतीजनक गतिबिधि बढेको भन्दै विरोध प्रदर्शन गरेकाे बुझिएको छ ।

सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै भन्ने गरेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल नक्शामा हेर्यो भने चुचुरो चीनतर्फ देखाउँछ ।

चीनले चुचुरोसम्म प्रभाव राख्ने गरी फाइभ जी इन्टरनेट प्रविधि जडान गरिसकेको छ । उसले सगरमाथाको उचाई नापिरहेको छ । संयुक्त रुपमा उचाई सार्वजनिक गरेर चुचुरो आफ्नो पनि हो भनी विश्वलाई सुनाउन र देखाउन खोजिरहेको छ । तर, सरकार यसमा सहयोगी बनिरहेको छ ।

चीनले उत्तरतर्फ नेपाली भुभाग अतिक्रमण गरेको खबरहरु आइरहेको छ । हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा भएको छ । तैपनि, सरकार मौन छ ।

नेपालका निजी तथा सरकारी विद्यालयमा धमाधम चिनियाँ भाषा अध्ययन गराउनेहरु योजनावद्ध तरिकाले प्रवेश गरेका छन् । अध्यापन गराउनेहरु चिनियाँ सैनिक पनि भएको विषय बाहिर आउन थालेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल पसेको भन्दै ट्वीटरमै लेखेका छन् । यसबारे पनि सरकार मौन छ ।