दार्चुला प्रतिवेदनबारे भारतद्वारा टिप्पणी दिन अस्वीकार
१७ भाद्र २०७८, बिहीबार १८:४३
काठमाडौं । बुधबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाइएको दार्चुला घटनाबारेको प्रतिवेदनमा भारतले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
दार्चुलाका जयसिंह धामीले तुइन तर्न खोज्दा भारतीय एसएबसबीले तुइन काटिदिएको विषयमा छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएपछि भारतले टिप्पणी दिन अस्वीकार गरेको हो ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।
उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया