करेन्ट लागेर बालकके मृत्यु
१६ भाद्र २०७८, बुधबार १९:४२
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानिय पवन यादवको नौ बर्षीय छोरा अर्जुनकुमार यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट उनलाई करेन्ट लागेका थिए ।
करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया