बुधबार ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०७२८
१० असार २०७७, बुधबार १६:३२
काठमाडौं । नेपालमा थप ५ सय ३८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले बुधबार ५ सय १९ जना पुरुष र १ सय १० जना महिलाका कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
हालसम्म २ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा अहिलेसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी २ लाख ८३ हजार ६ सय ९३ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
देशभर ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसतै कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया