सकियो सत्तारूढ गठबन्धनको बैठक ,भागबण्डा मिल्न सकेन – Nagarikabhiyan : National News

सकियो सत्तारूढ गठबन्धनको बैठक ,भागबण्डा मिल्न सकेन

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ । त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएको छ ।

आज बिहान ९ बजेको बैठकमा सबै दलले दोस्रो तहका नेताहरू समेत राखेका थिए ।